एसिया कप : भारत र पाकिस्तान भिड्दै आज, वर्षा भएपनि रिजर्भ डे हुने

दर्पण दैनिक २४ भाद्र २०८०,०७:१९
post

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । भारत र पाकिस्तानबीच श्रीलंकाको प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । सुपर फोर अन्तर्गत पाकिस्तानले यसअघि बंगलादेशलाई पराजित गरेको छ भने भारतले सुपर फोरमा पहिलो खेल खेल्दै छ ।

यस एसिया कपमा भारत र पाकिस्तानबीच दोस्रो पटक आज प्रतिस्पर्धा हुन लागेको हो । समुह चरणमा भएको खेल वर्षाले रद्ध भएपछि दुवैले बाँडेका थिए । सो खेलमा भारतले पहिला ब्याटिंग गरेर २६६ रन बनाएपनि वर्षाले पाकिस्तानको ब्याटिंग शुरु नै हुन सकेको थिएन । भारत र पाकिस्तानबीचको यो खेलमा एक दिन ‘रिजर्भ डे’ हुने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले कोलम्बोमा वर्षाको अनुमानपछि यो खेलमा एक दिन रिजर्भ डे हुने औपचारिक घोषणा गरको छ । जारी एसिया कपमा फाइनल बाहेक यस खेलको लागि मात्र ‘रिजर्भ डे’को व्यवस्था गरिएको हो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: