महिला साफ च्याम्पियन्स : भारतलाई हराउँदै नेपाल फाइनलमा

दर्पण दैनिक ११ कार्तिक २०८१,२२:१०
post

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनल नेपालले र भारतमाथि जित हात पारेको छ । दशरथ रंगशालामा भएको तनापूर्ण खेलमा नेपालले पेनाल्टी सुटआउटमा ४–२ अन्तरले भारतलाई पाखा लगाएको हो । नेपालकी गोलकिपर भारतका दुई प्रहार रोकिन् भने नेपालका चारै खेलाडीले लगातार गोल गरेपछि पाँचौँ खेलाडीले पेनाल्टी प्रहार गर्नै परेन् ।

त्यसअघि तनावपूर्ण खेलमा भारतको  सुरुवाती अग्रता सावित्रा भण्डारीले गोल गर्दै बराबरीमा ल्याएकी थिइन् । करिब डेढ घण्टासम्म रोकिएको खेल फेरि सुरु भएको थियो । भारतले अग्रता लिएलगत्तै नेपालले गरेको गोललाई मान्यता नदिएपछि उत्पन्न विवादका कारण खेल डेढ घण्टा रोकिएको थियो । तर, फेरि रोकिएकै स्थानबाट खेल सुरु भएलगत्तै सावित्रा भण्डारीले बराबरी गोल गरेकी थिइन् ।

त्यसअघि नेपालकी रेखा पौडेल रातो कार्ड खाँदै बाहिरएपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो । नेपालले अब बंगलादेशसँग फाइनल खेल्नेछ । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: