
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले सामाजिक सञ्जाल फेसबुक मोनिटाइजेसनबाट भएको आम्दानी सामाजिक सेवामा लगानी गर्ने घोषणा गरेका छन् । नेपालमा डलर भित्र्याउने र सामाजिक हितमा लगानी गर्ने अभियानअन्तर्गत फेसबुक मोनिटाइजेसन सुरु भएको दुई महिनामै ६३४ अमेरिकी डलरभन्दा बढी (करिब ८५ हजार रुपैयाँभन्दा बढी) आम्दानी भएको उनले जानकारी गराएका हुन् ।
भोटेकोशी बाढीपछि उनकाे फेसबुक मोनिटाइजेसन सुरु भएको थियाे । त्यसयता उनले ६३४ अमेरिकी डलरभन्दा बढी रकम कमाएका हुन् ।
सो रकम व्यक्तिगत लाभका लागि प्रयोग नगरी पूर्ण रूपमा सामाजिक सेवामा समर्पित गर्ने प्रतिबद्धता सांसद न्यौपानेले व्यक्त गरेका छन् ।
यसै अभियानअन्तर्गत दशैँको अवसर पारेर ग्रामीण क्षेत्रका युवा क्लबहरूलाई ५१ थान भलिबल र नेट, साथै आवश्यकता परेकाहरूका लागि ह्विलचेयर र स्ट्रेचर हस्तान्तरण गरिएको छ ।
आगामी दिनमा पनि नियमअनुसार कानुनबमोजिम कर कट्टा गरी बाँकी रहने सम्पूर्ण रकम आमा समूह, युवा क्लब, अशक्त व्यक्तिहरू र अन्य जनहितका अभियानहरूमा पारदर्शी रूपमा खर्च गरिने उनले बताए ।
छोटो समयमै आफ्नो फेसबुक पेजमा ४० हजारबाट ८० हजारभन्दा बढी फलोअर्स पुर्याउन सहयोग गर्ने देश-विदेशका सम्पूर्ण शुभचिन्तकहरूप्रति आभार प्रकट गर्दै न्यौपानेले भने, 'इन्जिनियरिङ केवल संरचना निर्माण मात्र होइन, समाज सुधारको डिजाइन पनि हो ।'


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)







































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google