टेप काण्डको अनुसन्धान माग गर्दा कसरी महिला हिंसा भयो : डा.तोसिमा कार्की

दर्पण दैनिक २६ बैशाख २०८०,१२:४३
post

काठमाडौं । प्रनिनिधिसभा सदस्य डा.तोसिमा कार्कीले भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ भन्दै प्रश्न गरेकी छन् । 

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले नक्कली शरणार्थी प्रकरणमा सार्वजनिक ‘टेप काण्ड’को अनुसन्धान गर्न माग गर्दा महिलाविरोधी भयो, महिला हिंसा भयो भन्ने हल्ला चलाइएको भन्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।

'एक माननीय महिला सांसदले भन्नुभयो– टेप काण्डको अनुसन्धान माग गर्दा महिलाविरोधी भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनपर्याे,' उनले भनिन्, 'भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ ?

उनले अन्तर्राष्ट्रियस्तरमा राज्यलाई दलाल स्थापित गर्न खोजेको आरोप समेत लगाइन् । 'एकले अर्कालाई जोगाइरहने, काण्डैकाण्ड गरिरहने अनि यो देश डुबाइरहने । अन्तर्राष्ट्रिय जगतमा राज्यलाई नै दलाल स्थापित गर्ने, के मुख लिएर अनुदान माग्न जाने ?,' उनले भनिन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९