जसपाको राष्ट्रिय समिति खारेज गरौँ : राजन केसी

दर्पण दैनिक ३० फाल्गुन २०७९,१६:५६
post

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका राजनीतिक समिति सदस्य राजन केसीले पार्टीको विधान अधिवेशनबाट पहिचानमा आधारित राष्ट्रिय समिति खारेज गर्नुपर्ने बताएका छन् । पहिचानका राष्ट्रिय समितिलाई कार्यकारी बनाउनुपर्छ भन्ने आवाज उठिरहेको बेला उनले यस खाले संरचनाको आवश्यक्ता नै नरहेको बताएका छन् । 

'पार्टी संगठन बनाउने र पहिचान स्थापित गर्न जनतामाझ जानु भन्दा पनि यो राष्ट्रिय समितिले उल्टो भाँजो हाल्ने काम मात्र गर्यो यसलाई विधान अधिवेशनबाट हटाउनुपर्छ । पहिचानको मुद्दा स्थापित गर्न प्रदेश समितिमार्फत अगाडि बढाउनुपर्छ र संघीयतामार्फत उत्पीडित जाति समुदायको हक र अधिकार समानुपातिक समावेशी प्रतिनिधित्वको माध्यमद्वारा स्थापित गर्नैपर्छ,' उनले भने । 

यस अघि पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सामाजिक सञ्जालमार्फत यस खाले धारणा राखेका थिए ।  


 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९