काभ्रे क्षेत्र न २ मा तरुण दलको कार्यसमिति विस्तार, पदाधिकारीसहित ४९ जनाको समिति बन्यो

दर्पण दैनिक १७ असार २०८१,०९:३३
post

काभ्रे । काभ्रे क्षेत्र नम्बर २ तरुण दलको कार्यसमिति विस्तार भएको छ । शनिबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि कार्यसमिति विस्तार गरिएको हो । पदाधिकारीसहित ४९ जनाको समिति निर्माण गरि पूर्वमन्त्री एनपी साउदको हातबाट प्रमाणपत्र वितरण गरिएको छ । केही समय अगाडि राजु लामा सभापतिमा चयन भएका थिए । 

प्रमाणपत्र वितरण गर्दै साउदले तरुणहरुले नेतृत्वलाई झकझकाइ रहनु पर्ने बताए । गलत बाटोमा हिड्न खोजे नेतृत्वलाई खबरदारी गर्नुपर्नेमा उनले जोड दिए । 

कार्यक्रममा केन्द्रीय सदस्य गोबिन्द बहादुर शाहले सामाजिक सञ्जाललाई सहि तरिकाले प्रयोग गरि कांग्रेसको हितका लागि काम गर्न सुझाव दिए । 

तरुण दल काभ्रे क्षेत्र न २ का सभापति राजु लामाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कन्चनचन्द्र वादे, पूर्वमन्त्री तथा कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, उपसभापति द्वय रमेश हुमागाँई र ठाकुर प्रसाद न्यौपाने, सचिव माधव ढकाल, सहसचिव समिर व्यन्जु, कोषाध्यक्ष जगन्नाथ गिरिलगायत कांग्रेस काभ्रेका क्षेत्रीय सभापतिहरु, विद्यार्थी संघका सभापति लगायतले आ–आफ्नो धारण राखेका थिए । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: