
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले सभापति र पदाधिकारीहरुको सहमतिमा महासमितिको बैठकले यहि गठबन्धनलाई निरन्तरता दिने निर्णय गर्नु गलत हो भनेर आफूले भनेको कुरा आज आएर पुष्टि भएको बताएका छन् । दर्पण दैनिकसँग कुरागर्दै नेता शाहीले नेपाली कांग्रेसको नेतृत्वले कांग्रेसका नेताहरुलाई पाखा लगाएर प्रचण्डलाइ काखा गर्नु गलत सावित भएको बताएका हुन् । उनले भने, ‘प्रचण्डको पछि लाग्नु गलत छ, भनेर मैले उति बेलै भनेको थिएँ आज पुष्टि भयो । मैले जे कुरा भनेको थिए आखिर त्यहि भयो ।’
उनले भने, ‘माओवादी गठबन्धन छोड्न सक्छ भन्ने अलिकति पनि अनुमान नगरेर महासमितिबाट पाँच वर्ष यहीं गठबन्धनलाई निरनरता दिने निणय गर्नु कांग्रेसका पदाधिकारीहरुको ठुलो भ्रम थियो ।’
सत्ताको लोभमा पार्टीलाइ प्रचण्डको जालझेलमा पार्नु गलत सिद्ध भएको उनको भनाइ छ । कांग्रेसमा बसेर प्रचण्डको भजन गाएर नेता हुन खोज्नेहरुले अब महसुस गर्नु पर्ने उनले बताए ।
प्रचण्ड सत्ताको लागि पतित पात्र बनेर राजनितिमा उदायको नेता शाहीले आरोप लगाए । उनले भने, ‘प्रचण्डको यो छेपारो प्रवृतिको पराकाष्ठा हो । उनले नैतिक मुल्य मान्यताको खिल्लि उडाएका छन् । उनी हास्यास्पद पात्र मात्र होइन जोकर सावित भएका छन् ।’
केपी शर्मा ओली पनि सत्ताको लागि र्याल चुहाउने र कुर्सीको लागि जुनसुकै हर्कत गर्छन भन्ने पुष्टि भएको नेता शाहीले उल्लेख गरे । ओलीका चर्का भाषण र अडान सबै नक्कली हुन भन्ने साबित एको नेता शाहीले बताए । उनले भने, ‘एमाले प्रचण्डको जुठो खान तयार हुनु गलत हो ।’
नेपाली कांग्रेसका नेताहरुले अब प्रचडको आश गरेर होइन आफ्नै ताकतमा अगाडि बढ्ने गरि संगठन निमाणमा लाग्नु पर्नेमा नेता शाहीले जोड दिए । उनले भने, ‘कांग्रेसले अब प्रचण्डको छलछममा परेर सत्ताको लागि घुडा टेक्ने गरि होइन् जनता र राष्ट्र केन्द्रीत अभियानमा जुट्नु पर्छ ।’
नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्ड एमालेतिर लागेपछि देशको राजनीतिले फरक मोड लिएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)






























































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google