
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।सोमबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित समारोहबीच ओलीले राष्ट्रपति पौडेलसँग शपथ ग्रहण गरेका हुन् ।
नेपालको संविधानको धारा ८० बमोजिम ओलीले शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्रीको शपथ लगत्तै अन्य मन्त्रीहरूको पनि शपथ हुँदैछ ।
संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google