भालेश्‍वर माविले मनायो अभिभावक दिवस, प्राविधिक शिक्षातर्फ अग्रसर हुन् मन्त्री लामाको आग्रह

दर्पण दैनिक २९ भाद्र २०८०,२१:०२
post

काभ्रे । पनौती नगरपालिका ८ मा रहेको श्री भालेश्‍वर माध्‍यमिक विद्यालयको आयोजनामा अभिभावक दिवस तथा सामाजिक परिक्षण सार्वजनिकिकरण कार्यक्रम सम्पन्‍न भएको छ । पनौती नगरपालिकाको उत्कृष्ट मध्‍ये एक मानिने उक्त विद्यालयमा आयोजित कार्यक्रमको उद्घाटन बागमती प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले शिक्षा नै जिवनको सबै भन्दा ठुलो महत्वपूर्ण ‌औजार रहेकोले देशको समग्र अवस्था बलियो बनाउन शिक्षा राम्रो हुनुपर्ने बताए । 

उनले भने, ‘आजको विद्यार्थी भोलिको देशको संवाहक रहेको बताउदै जिवनमा शिक्षाविना कुनै पनि कार्य सफल नहुने भएकोले शिक्षा महत्वपूर्ण कुरा हो ।’ मन्त्री लामाले नेपालमा मात्र नभएर देश विदेशमा पछिल्लो चरणमा प्राविधिक शिक्षाको संख्‍या बढदै गएको हुनाले यसतर्फ विद्यालय अग्रसर भएर लाग्‍न विद्यालयलाई आग्रह गरे । 

विद्यालयमा भएका आफ्‍नो मन्त्रालय मार्फतका कुनै पनि समस्या भए यसको तत्काल समाधन गर्ने मन्त्री लामाले प्रतिवद्धता ब्यक्त गरे । सो कार्यक्रममा पनौती नगरपालिका प्रमुख, उपप्रमुख, जिल्ला समन्‍वय समितिका प्रमुख र नेपाल पत्रकार महासंघका अध्‍यक्ष लगायतको उपस्थिति रहेका थिए ।

विद्यालयमा करिव १ हजारदेखि १५०० को हारहारीमा विद्यार्थीहरु अध्‍ययन गरिरहेका छन् । काभ्रेको खानीखोला, महाभारत र रोशी गाउँपलिकाका समेत  विद्यार्थीहरु अध्‍ययनरत छन् । भालेश्‍वर विद्यालयले अरु विद्यालयहरु भन्दा फरक र जिवन उपयोगी शिक्षा दिएको अभिभावकहरुले दावी गरेका छन् । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post