दरबार हाई स्कूलका विद्यार्थीले विद्यालयमै फलाए तरकारी

दर्पण दैनिक १९ बैशाख २०८०,०७:१९
post

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नयाँ पाठ्यक्रमअनुसार दरबार हाई स्कूलअन्तर्गतका भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालयले परिसरमा तरकारी रोपेका छन् । विद्यालयमा उत्पादित साग खान थालिएको छ भने खुर्सानी, भिण्डीजस्ता तरकारीका बिरुवामा फूल फुल्न थालेको छ । अरु बिरुवा हुर्किरहेका छन् । 

विद्यालयको यो उत्पादन महानगरपालिकाले २०८० वैशाख १२ बाट माध्यमिक कक्षाका लागि कार्यान्वयनमा ल्याएको छोटो अवधिको सीपमूलक तालिमका लागि अवलोकन योग्य बनेको छ । 

नमूना विद्यालयका लागि महानगरबाट प्राप्त अनुदानबाट दुवै विद्यालयले ५/५ लाख रुपैयाँ सहरी तथा कौसी तरकारी खेतीमा लगानी गरेका छन् । विद्यालयका प्रधानाध्यापक शिव अधिकारीकाअनुसार कम्पाउण्डको खाली ठाउँमा तरकारीका बिरुवा रोपिएका छन् । 

खेतीका लागि काम गर्न विद्यार्थीहरुको समूह निर्माण गरिएको छ। परामर्शदाता तथा विज्ञहरुसँग सहयोग लिइएको छ । तरकारी रोप्नकै लागि भनेर २ वटा टावर निर्माण गरिएका छन् । एउटा टावरमा करिब ३५ वटा प्वाल छन् । ती हरेक प्वालमा तरकारीका बिरुवा रोपिएका छन् । 


१ महिनामा तरकारी उत्पादन सुरु हुने छ । यहाँ उत्पादन भएको तरकारी छात्राबासमा प्रयोग गर्ने लक्ष्य छ । तरकारी विक्री गर्न सकियो भने यसबाट आएको रकम विद्यार्थी कल्याण कोष बनाएर संकलन गरिने छ । 

नमूना विद्यालयका लागि महानगरले यी २ वटा विद्यालय र क्षेत्रपाटीको कन्या माध्यमिक विद्यालयलाई चालू आर्थिक वर्षमा ३० लाख रुपैयाँ उपलब्ध गराएको छ । सहरी तथा कौसी खेतीमा यो विद्यालयसँगै अन्य विद्यालयमा पनि विद्यार्थीहरुको रुचि देखिएको छ। बालाजुमा रहेको तरुण माध्यमिक विद्यालयका ३० जना विद्यार्थीले गएको शुक्रबारबाट यस सम्बन्धी प्रशिक्षण लिन सुरु गरेका छन् ।

कक्षा ९ मा ८५ जनाभन्दा धेरै विद्यार्थी रहेका छन् । उनीहरुमध्ये रुचिका आधारमा विद्यालयले सहरी तथा कौसी खेतीका लागि ३० जना विद्यार्थीहरुको समूह बनाएर  तालिम दिइरहेका छन् । 

विद्यार्थीहरुलाई पाठ्यक्रममा आधारित माटो, मल र बीउका प्रकार चिनाउने, उत्पादन बढ्ने वातावरण र तत्वका विषयमा जानकारी दिने, जैविक मल बनाउन सिकाउने लगायत सीप सिकाइन्छ । प्रविधिमा आधारित खेती, माटो र मलको मिश्रण, बिरुवाको हेरचाह, नर्सरी, बिरुवामा थाङ्ग्रा लगाउने विषयमा विद्यार्थीलाई सीप दिइनेछ । 

महानगरले पुस्तक विहिन शुक्रबारका कार्यक्रम अन्तर्गत थालेको तालिमबाट विद्यार्थीहरुले व्यवहारिक र जीवनउपयोगी सीप प्राप्त गर्न सक्नेछन् । विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्नु तालिमको मुख्य उद्देश्य हो । 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३
post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: