बागलुङको रेशमा एक सय ४२ रोपनी क्षेत्रमा चियाखेती विस्तार

दर्पण दैनिक २२ जेष्ठ २०८१,११:३६
post

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा चियाखेतीका लागि क्षेत्र विस्तार गरिएको छ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि सात वर्ष अगाडिदेखि चियाखेती सुरु गरेको थियो । विसं २०७४ मा परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा अहिले बढाएर ५६ हजार लगाइएको छ । परीक्षणका गर्न लगाइएको चिया फस्टाउन थालेपछि सिङ्गो गाउँ नै खेतीतर्फ आकर्षित भएको हो । वडा कार्यालयको अग्रसरतामा सुरु गरेको चियाखेती रेशको बौर, तिङरिङलगायतका ७२ रोपनी पाखो जमिनमा विस्तार गरिएको छ । 

चियाखेती राम्रो हुँदै गएपछि थप ७० रोपनी जग्गा भाडामा लिएर खेती विस्तार गर्न थालेको काठेखोला गाउँपालिका–७ रेशका अध्यक्ष प्रेम लामिछानेले बताए । पाखोबारीमा लगाएको चिया राम्रो हुँदै गएपछि बसाइँसराइले उजाड बनेका खेतीयोग्य र उजाड जमिनमा पलाएका झाडी फाँडेर किसानले चियाखेती सुरु गरेको उनले बताए । 


चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालेको अध्यक्ष लामिछाने बताउन्। अब थप ५० हजार चियाका बिरुवा लगाउने योजना रहेको उनले बताए । 

गाउँमा भएका नागरिकलाई पाखोबारीलाई उपयोग गरी आयआर्जनको माध्यम बनाउँदै आत्मनिर्भर बनाउने गरी चियाखेती थालेको लामिछानेले बताए ।  सात वर्ष अगाडि लगाएका बिरुवामध्ये अहिले ३५ हजार बोट निरन्तर टिप्नका लागि तयार भएका उनले जानकारी दिए । किसानहरूले पनि निकै चासो दिएर बिरुवा रोप्न, झाडी फँडानीदेखि सबै काममा लागेको हुँदा गाउँमै रोजगार सिर्जना गर्न हुन थालेको अध्यक्ष लामिछाने बताउछन् । 

“चियाखेतीमा दुई सय घरपरिवार आबद्ध हुनुहुन्छ, यसबाट आउने प्रतिफल सबैले पाउनुहुन्छ, चियाखेतीबाट वार्षिक रु ३० लाख आम्दानी गर्ने लक्ष्य राखेका छौँ, पहिले ७२ रोपनीमा खेती गरिएकामा अहिले थप ७२ रोपनी जग्गा भाडामा लिएका छौँ, अब एक सय ४२ रोपनीमा खेती हुने छ’, अध्यक्ष लामिछानेले भने, ‘बजेट छैन, तर पनि गाउँलेमा काम गर्ने उत्साह छ, केन्द्र र प्रदेश सरकारसँग पनि माग गर्छौँ, केही वर्षमा यहाँ चिया बगान हेर्न आउनेको लर्को लाग्ने अपेक्षा लिएका छौँ ।’

चियाको बजारमा बढ्दो माग हुँदा मागअनुसार उत्पादन गर्न नसकिएको स्थानीय किसान मुक्तिराम थापाले बताउनुभयो । यहाँ लगाइएको चिया महिनामा तीन पटकसम्म टिप्ने हुँदा आम्दानी पनि बढी हुने उनले बताए । चियाखेती विस्तार गर्दा हालसम्म करिब रु ५० लाख खर्च भइसकेको छ । चिया प्रशोधन गर्न मेसिनसमेत गाउँमा ल्याइएको हुँदा अब धेरै समस्या नभएको उनले बताए । अहिलेसम्म मुनाफा नभएको भन्दै यस वर्षदेखि छ हजार बिरुवाबाट निरन्तर मुनाफा दिने थापाको भनाइ छ । प्रत्येक हप्ता १० किलो चियाको कच्चा पर्दाथ उत्पादन हुन थालेको उनले बताए । 

उनले भने, ‘पहिला गाउँमा चियाखेती हुन्छ भन्ने लागेको थिएन, गाउँलेहरू एकजुट भइयो, वडा कार्यालयले पनि निकै तदारुकता देखायो, चिया खेतीले गर्दा गाउँको स्वरूप नै फेरिएको छ, पहिले झाडीले ढाकिएको जमिन अहिले चिया पलाएका छन्, गाउँ छाडेर गएकालाई पनि पछिपछि पछुतो हुनेछ, अहिले खेती राम्रो हुँदा हामीहरू निकै उत्साहित भएका छौँ ।’ रासस 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: