ललितपुरको महाङ्कालमा दुधको कर विवाद : अध्यक्ष भन्छन्,'हात्ती पेल्नु, बुझ नपेल्नु !'

सन्ताेष दाहाल ९ श्रावण २०८०,२०:१५
post

सन्ताेष दाहाल, ललितपुर । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले किसानबाट दुधको कर लिने निर्णय गरेको भन्दै केही दिनदेखी सर्वत्र विरोध र आलोचना भईरहेको छ । विशेष गरी सामाजिक सञ्जालमा नेकपा एमालेका स्थानीय नेताहरुले अन्यत्रका सरकारले कृषि तथा पशुपालनमा अनुदान दिईरहेका बेला महाङ्कालले उल्टै किसानबाट नै लुट्न खोजेको भन्दै विरोध र आलोचना भइरहेकाे छ ।

यसै क्रममा सोमबार गाउँपालिका अध्यक्ष गणेश बहादुर केसीले आफ्नै मतदाता समेतलाई लक्षित गरि सामाजिक सञ्जालमा विगतदेखी गाउँपालिकाको विकास र परिवर्तन नहुनुमा मानसिक रुपमा विक्षिप्त मानिसहरुको हालिमुहाली रहेको भन्दै स्टाटस लेखे । उनले लेखेका छन्,'बिगतमा महाङ्काल किन परिवर्तन हुन सकेन भनेकोत! मानसिक रुपमा बिक्षिप्त मनिसहरुको हालिमुहाली रहेछ र पो ! परिवर्तन गर्नखोजेको सथिहरुलाइ पेट पोल्न थाल्यो ! सुङुरलाइ स्वर्ग !'

उक्त स्टाटस आएदेखी जनप्रतिनिधि भएर आफ्नै मतदातालाई सुँगुर भनेर अपमान गरेको भन्दै सामाजिक सञ्जाल तातेको छ । एमाले महाङ्कालका अध्यक्ष पुरुषोत्तम हुमागाइँले आफ्नै मतदातालाई मानसिक रुपमा विक्षिप्त भन्दै अपमान नगर्न भन्दै जनप्रतिनिधिले जनतालाई विश्वासमा लिएर आफ्ना कुरा बुझाएर कार्यक्रमहरु लागू गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमै लेखे । उनले भनेका छन्,' 'आफुलाइ विश्वास गरेर मतदान गरेका जनता जनर्दन लाइ लक्षित गर्दै मानसिक रुपमा विक्षिप्त भनेर  सामाजिक सन्जालमा तल्लो स्तरको भाषा प्रयोग नगरेकै राम्रो अध्यक्ष ज्यु !  जनप्रतिनिधि हरुले जनता लाइ विश्वासमा लिएर, बुझाएर आफ्नो कार्यक्रम लागु गर्नु पर्यो नि ! जनतालाइ मन परेन भने सभ्य भाषामा शान्ति पुर्ण तरिकाले विरोध गर्न पाउने जनताको अधिकार सुरक्षित छ ।'

एमाले गाउँ कमिटिका सचिव राजकुमार अधिकारीले पनि जनप्रतिनिधिले आलोचना सुन्ने क्षमता राख्नुपर्ने भन्दै लेखेका छन्, ' जनताप्रति उतरदायी सरकार ! लोकतन्त्रको आधारभुत मान्यता हो!आलोचना सुन्नु र त्यसबाट आफुलाई  सच्याउनु र सच्चिनु जनप्रतिनिधिको कर्तब्य हो !! उल्टै जनता आलोचित हुनु कस्तो बिडम्बना !' यसैगरी गाउँपालिका प्रमुख केसीको उक्त पोस्टमा अधिकांशले मतदाताको अपमान गर्ने शब्द लेखेको भन्दै विरोध गरेका छन् । 

के भन्छन् केसी ?

सामाजिक सञ्जालमा दुधमा कर लगाउने भन्ने कुरा सर्वत्र चर्चा भएपछी दर्पण दैनिकले गाउँंपालिका अध्यक्ष गणेश बहादुर केसीसँग सम्पर्क गरी वास्तविकता बुझ्ने कोसिस गरेको थियो । कुराकानीका क्रममा अध्यक्ष केसीले वास्तविकतालाई तोडमोड गरी हल्ला फैलाईएकोले आफुले नचाहँदा नचाहेरै पनि स्ट्याटस लेख्न बाध्य भएको बताए । उनले भने,' हात्ती  पेल्नु, बुझ नपेल्नु भन्ने नेपाली उखान छ, तसर्थ बुझेर पनि त्यसको बारेमा अपव्याख्या गर्नु दु: खद हो । हामीले महाङ्कालमा दुग्ध व्यवसायीहरु विशेष गरी राजधानी डेरी, नवप्रभात डेरी, जिल्ला दूध संघ लगायत ४ वटा डेरीका महत्त्वपूर्ण मान्छेहरुसँग बसेर,छलफल गरेर टुङ्ग्याएको विषय हो यो । त्यतिले पनि नपुगेर जसले किसानसँग दूध र खुवा किन्छन्,ती सङ्कलक व्यवसायीहरु पनि राखेर छलफल गरी टुङ्ग्याएको विषय हो । छलफलमा हामीले उनीहरुलाई किसानलाई एक पैसा पनि भार पार्यौ भने हामी कारवाही गर्छौँ, महाङ्कालबाट दूध लान वञ्चित गर्नेदेखी जे पनि गर्नसक्छौँ भनेका छौँ । हामीले भनेको गाउँमा दूध सङ्कलन गर्नेले १० पैसा र दूध लिने ठुला डेरी व्यवसायीले १० पैसा गरि २० पैसा गाउँपालिकाको समृद्धिको लागि योगदान गर्नको लागि आग्रह गरेका हौँ  । त्यसको सट्टामा तिमीहरुका दूध ढुवानी गर्ने गाडी जुनसुकै बेला जहाँ रोकिए पनि हामीले उद्दार गर्छौँ भनेका छौँ  । सोहीअनुसार हामीले काम पनि थालनी गरेका छौँ, कसैको पनि दूध बिग्रने गरि अहिलेसम्म गाडी रोकिएको छैन, रातको १२ बजे भए पनि खोलिएको छ । यो विषयलाई तोडमोड गरी किसानलाई कर लगायो भनेर फोहोरी राजनीतिक हल्ला गरेपछि मैले के गर्नसक्छु ? यो निर्णय हामी कसैले कोठाभित्र बसेर स्वविवेकले निर्णय गरेका होइनौँ, चारै डेरी उद्योगीसँग एकचरण र गाउँमा दूध, खुवा सङ्कलन गर्नेसँग एकचरण छलफल गरि निर्णय गरिएको कुरो हो, जुन कसैले विरोध नगरी एकमतले अनुमोदन गरेको विषय हो ।'

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post