काठमाडौं । भाउ नपाएको भन्दै काठमाडौंका किसानले कालीमाटी तरकारी बजारमा ठूलो परिमाणमा टमाटार फ्याँकेर विरोध जनाएका छन् । बजारमा भारतीय टमाटर भित्रिएर महँगोमा बिक्री भइरहँदा नेपाली टमाटरले भाउ नपाएको भन्दै उनीहरूले आइतबार बिहान कालीमाटी तरकारी बजारमा विरोध जनाएका हुन् ।
टनेलमा व्यावसायिक टमाटर खेती गर्नेले अहिले बजारमा ५ रुपैयाँमा पनि टमाटर बेच्न नसकिएको दु:खेसो पोखेका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार भारतीय टमाटर(ठूलो) को भाउ प्रतिकेजी न्यूनतम ४० र अधिकतम ५० रुपैयाँ तोक्दा नेपाली टमाटर सानोको भाउ भने न्यनूतम ६ र अधिकतम १० रुपैयाँ तोकेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google