काठमाडाैं । बतास एमएडब्लू कमर्सियल भेहिकल (बीएमसीबी)ले नजिकिँदै गरेका चाड दसैँतिहारलाई लक्षित गरेर ‘सोचेझैँ दसैँ–तिहार, रोजेझैँ उपहार’ नाराका साथ रमाइलो उपहार योजनाको घोषणा गरेको छ । कम्पनीले आफ्ना उपभोक्ताहरूसँग खुसी साटासाट गरी चाडपर्वको उत्सव मनाउन त्यस्तो योजनाको घोषणा गरेको हो ।
यस योजनाअन्तर्गत आइसर बस, ट्रक तथा ट्रिपरको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारीसाधनको फ्रि सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्रि ईएमआईमध्येबाट ग्राहकहरूले रोजेर उपहार लिन पाउने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो योजनाको अन्त्यमा बम्पर उपहारअन्तर्गत एक जना भाग्यशाली ग्राहकले मिनी ईभी कार प्राप्त गर्नेछन् । घोषणा गरिएका उपहारहरूबाहेक चालकलाई ५ लाख र २५ लाखको आकस्मिक बीमा, १ वर्षको सवारी बीमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करको सुविधा पनि आइसरले प्रदान गर्ने बताइएको छ ।
विगत ४० वर्षदेखि नेपालको व्यावसायिक सवारीको क्षेत्रमा माइलेजको बादशाह भनिने आइसरले ७० भन्दा बढी देशहरूमा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू उपलब्ध गराउँदै आइरहेको छ । साथै, हालसालै भएको बतास र एमएडब्लूको एकताले व्यावसायिक सवारीसाधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरू, ४ डिलर र १६ टच पोइन्ट्सका साथ देशैभर व्यावसायिक सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।