गत वर्षभन्दा याे वर्ष ६.४२ प्रतिशतले बढ्याे घरजग्गा कारोबार

दर्पण दैनिक २३ असार २०८३,१२:४८
post

काठमाडौं । सुस्ताएको घरजग्गा कारोबारमा पुनः चहलपहल देखिन थालेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागअन्तर्गत मूल्य महाशाखाले सार्वजनिक गरेको ‘घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति’ प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा देशभरको घरजग्गा कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको छ । 

अघिल्लो वर्ष यही अवधिमा कारोबार संख्या ४.५२ प्रतिशतले घटेको थियो । त्यस्तै, लिखतपारित अन्तर्गतको कारोबार संख्या ०.६२ प्रतिशतले बढेको छ भने राजीनामा कारोबार १२.१७ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको तेस्रो त्रैमासमा राजीनामा कारोबार ३.२६ प्रतिशतले घटेको थियो ।


घरजग्गा किनबेच भएको कुल क्षेत्रफल पनि १.६० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो क्षेत्रफल १०.८४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा देशभर १८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ, जुन अघिल्लो वर्षको १०० अर्ब ७ करोड रुपैयाँको तुलनामा करिब ८४ प्रतिशत बढी हो।


घरजग्गा कारोबारसँगै सरकारी राजस्व संकलनमा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलित राजस्व २३.७२ प्रतिशतले बढेको छ भने पुँजीगत लाभकर संकलन ३१.४२ प्रतिशतले वृद्धि भएको छ । यसै अवधिमा आवासीय घरजग्गा कर्जासहित बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा ५.५५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या सबैभन्दा धेरै ३३.०१ प्रतिशतले बढेको छ। मधेश प्रदेशमा भने यस्तो कारोबार ४.७९ प्रतिशतले घटेको छ। कारोबार भएको कुल क्षेत्रफल गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४.८४ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा ९.३३ प्रतिशतले घटेको छ।

सातवटै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य बढेको देखिएको छ। बागमती प्रदेशमा कारोबार मूल्य १३१.५२ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा सबैभन्दा कम २२.६७ प्रतिशतले वृद्धि भएको छ । प्रतिवेदनअनुसार सातै प्रदेशमा २.५ देखि १० आनासम्मका प्लटहरूको कारोबार सबैभन्दा बढी भएको छ।


महानगरपालिकामध्ये काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबार संख्या सबैभन्दा धेरै १०८.४२ प्रतिशतले बढेको छ। त्यसपछि पोखरा महानगरपालिकामा ८२.१५ प्रतिशत, ललितपुरमा ७३.८१ प्रतिशत, वीरगञ्जमा ३१.०७ प्रतिशत, भरतपुरमा २९.२१ प्रतिशत र विराटनगरमा २७.९२ प्रतिशतले वृद्धि भएको छ।
काठमाडौं महानगरपालिकामा कारोबार भएको क्षेत्रफल ११९.८९ प्रतिशतले बढेको छ भने कारोबारको कुल मूल्य २२३.१२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। 

राष्ट्र बैंकको तथ्यांकले लामो समयदेखि सुस्त रहेको घरजग्गा बजारमा पुनः सुधारको संकेत देखिएको विश्लेषण गरेको छ। कारोबार संख्या, मूल्य, राजस्व संकलन र बैंक कर्जाको प्रवाहमा आएको वृद्धिले बजारमा लगानीकर्ता तथा खरिदकर्ताको सक्रियता बढ्न थालेको संकेत गरेको छ।
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: