
काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चयन भएका छन् ।वर्तमान अध्यक्ष मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलको कार्यकाल सकिएसँगै एसोसिएसनको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत रुपमा चयान भएका हुन् ।
३ चैतमा चितवनमा सम्पन्न १७औं वार्षिक साधारण सभाले उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कर्याकारी अधिकृत बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरी र कोषाध्यक्ष लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरालाई चयन गरेको छ ।
यस्तै एसोसिएसनको कार्यकारी सदस्यमा साइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एक्सेल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, डा. इन्द्र कट्टेल सर्वसम्मत रुपमा चयन भएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google