
काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को बहाल अवधि बढाएको छ । हाल ५ वर्षलाई मात्रै मान्य हुने यस्तो अवधिलाई बढाएर १० वर्ष पुर्याएको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई संशोधन गरेर नयाँ व्यवस्था गरेको हो । यसका लागि सरकारले केही नेपाल ऐन संशोधनमार्फत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको इजाजतपत्र सम्बन्धी व्यवस्थामा केही परिवर्तन गरेको जानकारी राजपत्रमा सूचना प्रकाशित गरेर जानकारी दिएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधि ५ वर्ष छ । संशोधित व्यवस्था अनुसार अब जारी हुने तथा नवीकरण हुने सवारी साधनको इजाजतपत्रको अवधि १० वर्ष हुने छ । यसअघि जारी भएका तथा नवीकरण गर्दाको अवधि ५ वर्ष छ । नयाँ व्यवस्था अनुसार सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रमा निजी क्षेत्रलाई समेत अनुमति दिने पनि उल्लेख छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google