ललितपुरमा रहेकाे १० राेपनी जग्गामा निर्माणाधीन कोहिनुर हिल हाउजिङ लिलामीमा

दर्पण दैनिक २० माघ २०७९,१३:३३
post

काठमाडाैं । कर्मचारी सञ्चय कोषले ऋण नतिरेको भन्दै ललितपुरको इमाडोलस्थित कोहिनुर हिल हाउजिङ प्रालिका नाममा रहेको जग्गा तथा निर्माणाधीन आवासीय भवन लिलाम बिक्री गर्ने भएको छ ।

कोेषले आज एक सूचना जारी गर्दै व्यवसायी सुधीर बस्नेतको स्वामित्वमा रहेको  हाउजिङको लिलामी प्रक्रिया अघि बढाएको हो । कोहिनुर हिल हाउजिङका नाममा रहेको ललितपुर साविकको इमाडोल गाविस वडा नं ४ रहेको १०–९–२–० जग्गा तथा त्यहाँ निर्माणाधीन आवासीय भवन खरिदका लागि कोषले सिलबन्दी आह्वान गरेको छ । कोहिनुर हिल हाउजिङ सञ्चय कोषका नाममा दृष्टिबन्धक छ ।

कोषका अनुसार हाउजिङका लागि इन्भेष्टमेन्ट मेगा बैंकको पुल्चोकमा रहेको खातामा रू एक हजार जम्मा गरी सूचना जारी भएको १५ दिनभित्र बोलपत्र फाराम बुझाउन सकिनेछ । पटक–पटक समय दिँदासमेत ऋण भुक्तानी नगरेपछि कोषले व्यवसायी बस्नेत, उनका श्रीमती तथा कोहिनुर हिलका नाममा रहेको चलअचल सम्पत्ति बिक्री गरेर ऋण असुली गर्न लागेको जनाएको छ । यसअघि असारमा पनि सञ्चय कोषले लिलाम बिक्रीका लागि सूचना बोलकबोलका लागि २१ दिनको म्याद दिएको थियो । हाउजिङ कम्पनी लिलाम बिक्रीका लागि कोषले यसअघि सूचना जारी गरे पनि बिक्री भने हुन सकेको थिएन । - रासस

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: