काठमाडौं । अब देखि विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर साथमा लैजान पाउने भएका छन् । शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय बैंकका गर्भनर डा.विश्वनाथ पौडेलले विदेश भ्रमणमा जाने नेपालीले लैजाने डलरको सीमा बढाईएको जानकारी दिएका हुन ।
यस अघिको व्यवस्था अनुसार विदेश घुम्न जाने नेपालीले दुई हजार ५०० डलर साथमा लिएर जान पाउने व्यवस्था छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो ११ महिनाको अवधिमा नेपालबाट विदेश घुम्न जाने नेपालीले दुई खर्ब तीन अर्ब ९७ करोड रुपैयाँ खर्च गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा १६ प्रतिशतले बढी हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google