सुन्रा ब्रान्डले नेपालमा सार्वजनिक गर्याे दुई विद्युतीय स्कुटर, मूल्य कति ?

दर्पण दैनिक १७ फाल्गुन २०७९,१७:०९
post

काठमाडौं । नेपाली बजारमा सुन्रा ब्रान्डको विद्युतीय स्कुटर सार्वजनिक भएको छ । नेपालको लागि सुन्राको आधिकारिक वितरक इटालिया मोटोवर्क प्रालि रहेको छ । कम्पनीका अनुसार बढ‍्दो विद्युतीय सवारी साधनको मागसँगै नयाँ ब्रान्डको स्कुटर सार्वजनिक गरिएको हो । 

कम्पनीले सुन्राको विद्युतीय 'हक' र 'रोबो एस' मोडल सार्वजनिक गरेको हो । यी स्कुटरहरूमा सुन्रा कै मोटर जडित छन्। यी स्कुटरहरू आरामदायी हुनुका साथे चलाउँदा पनि सहज अनुभूति हुने कम्पनीको भनाइ छ । 

यी स्कुटरहरूमा पावरफुल विद्युतीय मोटर, टिकाउ ब्याट्री र उन्नत विशेषताहरू पाउन सकिन्छ । स्कुटरमा रिजेनेरेटिभ ब्रेकिङ प्रविधि दिइएको छ जसले ब्रेकिङ सहज र सुरक्षित बनाउँछ । यसमा एन्टी लक ब्रेकिङ प्रविधि पाउन सकिन्छ भने पुरै एलइडी लाइट दिइएको छ । 

रोबो-एस कम्पनीको हाइ-स्पीड सेग्मेन्टको स्कुटर हो। यसको टप स्पीड ८० किलोमिटर प्रति घण्टाको हुनेछ । यसले एक पटकको पूरा चार्जमा १३५ किलोमिटरको रेन्ज दिने अनुमान छ । यसमा ७२भी२०एएच (डुअल) ब्‍याट्री दिइएको छ। उक्त ब्याट्रीमा दुई वर्षको वारेन्टी पाउन सनिक्छ ।

यसमा एलइडी लाइटसँगै फोन चार्जिङ, फिंगर प्रिन्ट टच स्टार्ट, कम्बाइन्ड ब्रेक सिस्टम लगायत विशेषताहरू पाउन सकिन्छ । कम्पनीले नेपाली बजारमा रोबो-एसको सुरुआती मूल्य तीन लाख ७९ हजार रुपैयाँ तोकेको छ ।

त्यस्तै हक भने कम्पनीको मोपेड सेगमेन्टअन्तर्गत पर्छ । नेपाली बजारमा यो सिंगल र डुअल ब्याट्रीमा उपलब्ध हुने कम्पनीको भनाइ छ । यसको टप स्पीड ४५ किलोमिटर प्रति घण्टाको हुनेछ भने एक पटकको पूरा चार्जमा ६५ किलोमिटर देखि १३० किलोमिटरसम्मको रेन्ज दिनेछ। यसमा भएको ब्याट्रीमा पनि दुई वर्षको वारेन्टी दिने बताइएको छ । 

डुअल ब्याट्री विकल्पसहितको हकको नेपाली बजार मूल्य तीन लाख १७ हजार रुपैयाँ र सिंगल ब्याट्री विकल्पको मूल्य दुई लाख ३६ हजार रुपैयाँ तोकिएको छ । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९