बैंकहरुमा कर्जाको ब्याजदर घट्याे

दर्पण दैनिक ११ असार २०८१,१४:५६
post

काठमाडौं । वाणिज्य बैंकहरुको आधारदर (बेस रेट) घटेको छ । आधारदर घट्नु भनेको कर्जाको ब्याजदर सस्तो हुनु हो । पछिल्लो समय महिनैपिच्छे निक्षेपको ब्याजदर घटिरहेको छ । योसँगै ऋण लिनेहरुलाई पनि केही राहत मिलेको छ । अहिले बैंकहरुको आधारदर ९ प्रतिशतभन्दा कम छ ।

सबैभन्दा सस्तो ब्याजरदर राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । यसको आधारदर ७.२१ प्रतिशतमा झरेको छ, जुन जेठमा ८.३५ प्रतिशत थियो । दोस्रो कम आधारदर एभरेस्ट बैंकको रहेको छ । यसको असारको आधारदर ७.५३ प्रतिशत छ । अघिल्लो महिना ७.८ प्रतिशत थियो ।

यस्तै तेस्रोमा नबिल बैंक ७.८ प्रतिशत छ । सबैभन्दा बढी आधार दर कुमारी बैंकको रहेको छ । यस बैंकको आधारदर ९.४८ प्रतिशत छ ।

त्यस्तै एनआईसी एसिया बैंकले ९.१३ प्रतिशत आधारदर तोकेको छ । जेठको तुलनामा आधारदर बढाएको छ । जेठमा ८.६ प्रतिशत थियो ।

हिमालयन बैंकको ९.२, कृषि विकास बैंकको ८.३८, सिटिजन्स बैंकको ८.८५, प्रभुको ८.३५, एनएमबीको ८.७, माछापुछ्रेको ८.४५ र लक्ष्मी सनराइजको ८.९ प्रतिशत आधारदर छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.०३, प्राइम कमर्सियलको ९.०४, सिद्धार्थ बैंकको ८.३, ग्लोबल आइएमर्इको ८.४, नेपाल एसबीआई ८.५२ र सानिमा बैंकको ८.२ प्रतिशत रहेको छ ।

बैंकहरूले आधारदरमा थप प्रिमियम तोकेर कर्जाको ब्याजदर निर्धारण गर्छन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नुपर्छ । यस्तो ब्याजदर स्थिर वा परिवर्तनशील दुबै हुनसक्छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: