एनआईसी एशिया बैंक खुमलटार शाखाका तत्कालीन प्रमुख अविनाश कर्णले कर्जा अपचलन गरेकाे श्रीबल्लभकाे आरोप

दर्पण दैनिक ८ भाद्र २०८०,१२:३९
post

काठमाडौं । गन्तव्य इन्भेष्टमेन्ट इन्टरनेश्नल प्रालिका अध्यक्ष श्रीबल्लभ नेपालले एनआइसी एशिया बैंक लिमिटेड खुमलटार शाखाका तत्कालीन शाखा प्रमुख अविनाश कर्णले आफूले लिएको कर्जा अपचलन गरेको आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले कर्णलाई यस्तो आरोप लगाएका हुन् । 

उनले आफूलाई प्रक्रिया पूरा भएको २४ घण्टाभित्र कर्जा उपलब्ध गराउने भनेपछि श्रीमतीको नाममा भक्तपुरको बालकोटमा रहेको तीन आना एक पैसामा बनेको डेढ तले घर धितो राखेर ९५ लाख कर्जाका लागि प्रक्रिया गरेको उनले सुनाए । 

‘प्रक्रिया पूरा भएपछि कर्णले कर्जा प्रवाहमा कडाइ भयो, थप एक महिनाभन्दा बढी लाग्ने भयो भनी अल्मल्याए’, उनले भने, ‘पहिले कर्जा प्रक्रिया पुरा गरेको २४ घण्टा मै मिलाइदिने भनेकोले मैले कर्जा प्रक्रिया पूरा गरेको हुँ । यदि कर्जा प्रवाह भएन भने मलाई अप्ठेरो पर्छ के गर्ने होला त ?’ कर्णले उक्त रकम आफूले केहि दिनका लागि चलाउन पाउनुपर्ने शर्त राखेको उनको भनाई छ । कर्णको शर्तअनुसार अप्ठेरो अवस्थामा पर्दापर्दै पनि पैसा चलाउन मौखिक स्वीकृति दिएको उनले बताए । 

पीडित नेपालका अनुसार उनले निकाल्न मिल्ने जति रकम सोही दिन निकालेर दिएको र बाँकी रकम निकाल्नका लागि चेकमा हस्ताक्षर र कम्पनीको छाप लगाएर कर्णलाई लगाएर छोडिदिएका थिए । 

कर्णले आफूले नचिनेका व्यक्तिको नामबाट सबै पैसा निकालेको उनको भनाई छ । कर्णले नै फिर्ता गर्ने वचन दिएको समय पूरा नभई बीचमा नै फोन गरेर कार्यालयमा बोलाएको उनले बताए । पीडित नेपालले बताएअनुसार कार्यालयमा बोलाएर कर्णले पुरानो पनि केही दिनमै फिर्ता गर्ने भन्दै अरु केही रकम खोज्न लगाएका थिए । त्यसपछि कर्णले महिनौसम्म रकम फिर्ता नगरेको, मेसेज गर्दा मिटिङमा छु, पछि कल गर्छु भन्ने गरेको पीडित नेपालले बताए । 

कर्ण त्यसपछि सकभर सम्पर्क मै आउन नचाहेको र सम्पर्कमा आएपनि अहिले नै पैसा हाल्न लगाउँछ, पैसा अर्काको खातामा गएछ रिभर्स गर्नुपर्छ जस्ता आलटालको व्यवहार गरेको उनको भनाई छ । उनलाई कार्यालयमै भेटेर ‘तपाईको कर्तुतका विरुद्ध तपाईको केन्द्रीय कार्यालय र नेपाल राष्ट्र बैंकमा उजुरी गर्छु’ भनेको उनले बताए । 

‘कर्णले मेरो जागीर जाने काम नगर्नुस् । जसरी पनि तिर्छु, तपाईको विश्वासको लागि म एनआईसी एशिया बैंककै कर्मचारी खाताको कारोबार बमोजिमको रकमको चेक दिन्छु भनेर विभिन्न मितिका चेक दिएका थिए’, उनको भनाई छ । 

उनले दिएको ती चेकहरु नसाटिएको र बैकिङ कसुरको मुद्दा लगाउने थाहा पाएपछि कर्णले उल्टै आरोप लगाएर विभिन्न मिडियामा बोल्दै हिँडेको पीडित नेपालले बताए । नेकपा (माओवादी केन्द्र) मा आवद्ध भएर राजनीतिका सक्रिय रहेका नेपाललाई कर्णले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग जोडेर विभिन्न हल्ला फैलाउँदै हिँडेको बताए । कर्णले प्रधानमन्त्री प्रचण्डको फोटो दुरुपयोग गर्दै विभिन्न आरोप लगाएको उनको भनाई छ । 

उनले गरेको कर्तुत बाहिरिएपछि उनीभन्दा सिनियर बैंकका कर्मचारीले उक्त पैसाको बारेमा सोधखोज गर्दा कर्णले जग्गामा लगानी गरेको भन्ने जवाफ दिएको पीडित नेपालले सुनाए । त्यसपछि, बैंककै केही कर्मचारीले अहिलेको अवस्थामा ‘जग्गा दिएर ऋण उहाँलाई नै सेटल गराउन भन्नुस्’ भनेपछि कर्णले आफूलाई घर लिएर गएको पीडित नेपालले सुनाए । 

घरमा लगेपछि उनका आफन्तसँगको कन्भरसेसनको भिडियो आफूसँग रहेको उनले बताए । उनका बाबु, श्रीमती लगायतले जिम्मा लिने बताएको उनले बताए । त्यसपछि उनले प्रधानमन्त्रीसँगको साँठगाँठमा घर खाने कोशिस गरेको भनेर अफवाह फैलाएको उनले बताए । आफूले कर्णविरुद्ध दायर गरेको बैकिङ कसुरको मुद्दा विचाराधीन रहेको उनको भनाई छ । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: