काठमाडौं । कुमारी बैंक लिमिटेडले असोज १ गतेदेखि लागुहुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाका लागि विभिन्न खातामा ब्याजदर घटाएको हो ।
बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत ब्याजदर कायम गरेको छ। अघिल्लो भदौ महिनामा बैंकले व्यक्तिगततर्फ ६.७१ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको थियो।
असोजमा बैंकको आधार दर ८.५२ प्रतिशत र स्प्रेडदर ३.८७ प्रतिशत छ । भदौमा बैंकको आधार दर ८.८९ प्रतिशत थियो ।