काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले इम्बोस्ड नम्बर प्लेट नेपालीमा पनि लेख्न तयारी थालेको छ ।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयअन्तर्गतका निकायहरूबाट तीन महिनाभित्र सम्पादन भएका कार्यहरू सार्वजनिक गर्दै इम्बोस्ड नम्बर प्लेटमा कम्तीमा देशको नाम र प्रदेशको नाम नेपालीमा लेख्न कार्ययोजना अघि बढाइएको जनाएका हुन् ।
‘हामी नम्बर प्लेट छाप्ने एजेन्सीसँग छलफलमा छौँ । केही समयमै समस्या समाधान हुन्छ,’ उनले भने ।
मन्त्री श्रेष्ठले नम्बर प्लेटको राजस्व घटाउने पनि तयारी रहेको बताए ।
‘हामीले एजेन्सीलाई त सम्झौताअनुसार पैसा तिर्नु परिहाल्छ, सर्वसाधारणलाई केही सहुलियतमा जडान गर्न सकिन्छ कि भन्ने छलफलमा छौँ,’ उनले भने ।