काठमाडौं । यामाहा मोटरसाइकल नेपालको आधिकारिक बितरक एमएडब्लू इन्टरप्राइजेजले एफजेड एफआई भी३ स्ट्यान्डर्ड मोडेल सार्वजनिक गरेको छ । कम्पनीले तीन लाख ७९ हजार ९०० रुपैयाँमा यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड सार्वजनिक गरेको हो ।
यो मोटरसाइकलमा ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, नवीनत्म डबल डिस्क र उन्नत बीएस६ इन्जिन टेक्नोलोजी गरी तीनवटा मुख्य विशेषता रहेको कम्पनीले जनाएको छ ।
बीएस भनेको यूरो ६ सरहको न्यून प्रदूषक उत्सर्जन गर्ने प्रविधिको इन्जिन हो । बाइकमा १४९ सीसी एयर कूल्ड फोर स्ट्रोक सिंगल सिलिन्डर ब्लूकोर इन्जिन रहेको छ । इन्धन इन्जेक्टेड इन्जिन शक्तिशाली मात्र नएर अति प्रभावकारी रहेको र औसतमा ४५ देखि ५० किमी प्रतिलिटरको माइलेज दिने यामाहाले बताएको छ ।