
काठमाडौँ । एमजीले क्रसओभर एसयुभी एस ५ नेपालमा सार्वजनिक गरेको छ । आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्सले नयाँ मोडलको विद्युतीय गाडी बजारमा ल्याएको हो । एमजी नेपालमा चीनमा उत्पादन भएर आउँछ ।
नेपालमा २०१९ मा सार्वजनिक भएको एमजी जेटएस ईभी २५०० बिक्री भएको छ । ९९ किलोवाट मोटर रहेको छ। २ वटा ब्याट्री अप्सनमा रहेको छ । ४९ किलोवाट आवरले ३४० र ६२ किलोवाट आवरको ब्याट्री ४३० किमी रहेको छ ।
एमजीले विश्वकै पातलो ब्याट्री प्रयोगमा ल्याएको दाबी गरेको छ। गाडीमा ४ वटै ह्विलमा इन्डिपेन्डेन्ट सस्पेन्स रहेको छ । एमजी एस ५ को शुरूवाती मूल्य ४३ लाख ९९ रूपैयाँ रहेको छ। ६२.२ किलोवाट ब्याट्रीको मूल्य ५४ लाख ९९ हजार रहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google