काभ्रे । खानीखोला गाउँपालिकाको प्रशासनिक भवन र जनमुक्ति मार्ग (तालढुंगा–सिक्रेदोभान खण्ड) एकै साथ शिलान्यास गरिएको छ । शुक्रबार वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले एक समारोहका बीच एकै साथ प्रशासनिक भवन र जनमुक्ति मार्गको शिलान्यास गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जमकट्टेलले काभ्रेको विकट क्षेत्रको रुपमा रहेको खानीखोला र महाभारत अब सबैभन्दा सुगम हुने बताए ।
प्रदेश राजधानीबाट नजीक रहेको भए पनि सडक राम्रो नभएपछि विकट जस्तो लागे पनि अब सुगमताको शुरुवात भएको बताए । साथै, जनमुक्ति मार्ग रणनीतिक महत्वको योजना रहेको उनले बताए ।
पूर्वाधार विकास कार्यालय, धुलिखेल र खानीखोला गाउँपालिकाको आयोजनामा भएको सो कार्यक्रम गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)को अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज), प्रदेश सभा सदस्य तथा वागमती प्रदेशको पूर्व मन्त्री तीर्थ लामा, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, माओवादी केन्द्रका जिल्ला सचिव दैवलाल घिसिङ, गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बा लगायतको सहभागीता रहेको थियो ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)
































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google