काभ्रे । खानीखोला गाउँपालिकाले अनधिकृत संरचना सात दिन भित्र हटाउन निर्देशन दिएको छ । गाउँपालिकाले यातायात गुरु योजना र जग्गाको तोकिएको मापदण्ड विपरित बाटो अवरुद्ध गरेमा वा संरचना निर्माण गरेको भए सात दिन भित्र आफैं हटाउन र नहटाएमा गाउँपालिकाले नियमानुसार हटाइने बताएको हो ।
गाउँपालिकाले सूचना जारी गर्दै विभिन्न मूल सडक शाखा सडक तथा सार्वजनिक स्थानहरुमा अनधिकृत रुपमा अस्थायी तथा स्थायी संरचना बन्दै गरेको भन्ने बुझिन आएको हुँदा सो सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गाउँपालिकाको ७ सातवटै वडाहरुले आफ्नो क्षेत्र भित्र पर्ने जग्गाको निश्चित मापदण्ड र क्षेत्र तोकी जग्गाको बर्गीकरण गरेको र यस गाउँपालिकाले यातायात गुरु योजना बनाई मिति २०८०।०८।०७ गते बसेको कार्यपालिका बैठक बाट स्वीकृत समेत भैसकेको हुँदा यस खानीखोला गाउँपालिका भित्र अस्थायी वा स्थायी संरचना बनाउँदा आफ्नो वडा कार्यालयबाट स्वीकृति लियर वा जानकारी गराएर मात्र बनाउन पनि अनुरोध गरेको छ ।
यस्तो छ, सूचना
खानीखोला गाउँपालिका, साल्मेचाकल काभ्रेपलाञ्चोक
विषयः अनधिकृत संरचना हटाउने सम्बन्धमा ।
प्रस्तुत विषयमा यस खानीखोला गाउँपालिकाको विभिन्न मूल सडक साखा सडक तथा सार्वजनिक स्थानहरुमा अनधिकृत रुपमा अस्थायी तथा स्थायी संरचना बन्दै गरेको भन्ने बुझिन आएको हुँदा सो सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको र यस गाउँपालिकाको ७ (सात) वटै वडाहरुले आफ्नो क्षेत्र भित्र पर्ने जग्गाको निश्चित मापदण्ड र क्षेत्र तोकी जग्गाको बर्गीकरण गरेको र यस गाउँपालिकाले यातायात गुरु योजना (MTMP) बनाई मिति २०८०।०८।०७ गते बसेको कार्यपालिका बैठक बाट स्वीकृत समेत भैसकेको हुँदा यस खानीखोला गाउँपालिका भित्र अस्थायी वा स्थायी संरचना बनाउँदा आफ्नो वडा कार्यालय बाट स्वीकृति लियर वा जानकारी गरायर मात्र बनाउनु हुन यसै सूचना मार्फत जानकारी गराईन्छ । साथै कोही कसैले गाउँपालिकाले तयार गरेको यातायात गुरु योजना र जग्गाको तोकिएको मापदण्ड बिपरित बाटो अवरुद्ध गरेमा वा संरचना निर्माण गरेको भए यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र हटाउन र नहटाएमा गाउँपालिकाले नियमानुसार आफैं हटाउने भनि मिति २०८०/१०/२४ गते बसेको कार्यपालिका बैठक बाट निर्णय भएको हुँदा सोही बमोजिम गर्नु हुन सम्बन्धित सबैलाई यसै सूचना मार्फत जाकारी गराइन्छ ।
।
नि. प्रमुख प्रशासकीय अधिकृत
रामकृष्ण अर्याल
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google