धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनले आफूले पद तथा गोपनीयताको शपथ लिएपछि दुई जना मन्त्रीलाई शपथ गराउनेछन् ।
नेकपा एकीकृत समाजवादीबाट नरेश शाही र नेपाली कांग्रेसबाट प्रकाश देउवा बन्दै छन् । देउवाले भौतिक पूर्वाधार र शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने तय भएको छ ।
यसअघि मुख्यमन्त्री बनेका एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि बिहीबार उनी नेतृत्वको सरकार ढलेको थियो । त्यसलगत्तै पहिलो दलका नेताका रूपमा कांग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google