कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा निर्वाचित भएकी छन् । नवौँ जिल्ला अधिवेशनमा अध्यक्षसहितका सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । अध्यक्षमा निर्वाचित बुढा कार्यवाहक अध्यक्ष थिइन् । उपाध्यक्षमा जनकराज अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा अशोक चन्द र राजीव खड्का चयन भएका छन् । अध्यक्ष मण्डलले सोमबार राति सर्वसम्मत निर्वाचित भएका पदाधिकारीहरूको घोषणा गरेको थियो । राति नै पद तथा गोपनीयताको शपथ पनि गराइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले १ चैतमा अधिवेशन उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सोमबार राति अध्यक्ष ओलीकै उपस्थितिमा सर्वसम्मत पदाधिकारी घोषणा गरिएकाे थियाे ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google