तीर्थ लामाको विकासप्रेमी भावानाबाट प्रभावित भएको भन्दै तेमाल १ का १६ स्थानीय नेता कांग्रेसमा प्रवेश

दर्पण दैनिक १८ श्रावण २०८१,२०:४६
post

काभ्रे । तेमाल गाँउपालिकामा नेकपा एमाले परित्याग गरेर १६ जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । एमालेमा रहेर तेमाल १ जनताको लागि काम गर्न नसकेको तथा तेमालका जनताको लागि कांग्रेसबाट नै काम गर्न सहज हुने भन्दै उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 


उनीहरुलाई नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति, पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामाले स्वागत गर्दै कांग्रेसको सदस्यता वितरण गरे । एमालेबाट कांग्रेसमा प्रवेश गर्नेहरुमा इन्द्र प्रसाद पाण्डे, सुमन श्रेष्ठ, पदम बहादुर राना मगर, डिल बहादुर राना मगर, इन्द्र बहादुर राना मगर, रोहिणी कुमार श्रेष्ठ, खड्का नारायण श्रेष्ठ, कृष्ण प्रसाद बास्कोटा, उमेश बडाल, रञ्जित श्रेष्ठ, पुष्कर बास्कोटा , खेम बहादुर थापा मगर, उमेश थापा मगर, राम कुमार थापा मगर, मिलन थापा मगर, अच्युत प्रसाद बास्कोटालगायतका छन् । 

पार्टी प्रवेश गर्दै उनीहरुले नेपाली कांग्रेसमा केही पाउँला र लिउँला भनेर नआएको बताए । उनीहरुले भने, ‘वास्तविक जनताको माग र समस्यामा नेपाली कांग्रेस सँधै उभिएर देश र जनताको लागि निरन्तर लागि रहेकोले हामी पनि सहकार्य आएका हौँ । विगत लामो समय देखि नेकपा एमाले पार्टीमा रहेर हामीहरुले तेमाल वडा नं १ मा रहेका सोझा सिधा जनतालाई केही न केही गरे देखाउने ठुलो इच्छा रहेता पनि यो अवसर नेकपा एमाले पार्टीले कहिल्यै पनि प्रदान गरेन ।’


एमालेको नेतृत्व सँधै व्यक्तिगत स्वार्थमा मात्र लागेको कारण वास्तविक जनताको मागलाई सम्बोधन गर्ने पार्टी नै नेपाली कांग्रेस रहेको बुझेर आफूहरु नेपाली कांग्रेसमा लागेको उनीहरुले सुनाए ।

सो क्रममा उनीहरुले तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र बाहदुर लामाको प्रशंसा गरे । उनीहरुले भने, ‘हालको तेमालका अध्यक्षको कार्यशैली प्रति हामी पुरै विशस्वस्त भयौँ । अध्यक्ष तामाङले गरेका विकास र सुसाशनको काम सम्मान गर्न लायक छ ।’


नेपाली कांग्रेस काभ्रेका सभापति, पूर्वमन्त्री एव बागमती प्रदेश सभा सदस्य तीर्थ लामा २०७० मा निर्वाचित भए देखि नै व्यक्तिगत रुपले सधै सम्मान गर्दै आएको उनीहरुले बताए । सो क्रममा उनीहरुले भने, ‘पछिल्लो चरणमा झन बागमती प्रदेश सरकारको खानेपानी उर्जा तथा सिंचाई मन्त्रीको जिम्मेवारी पाएसँगै तीर्थ लामाले काभ्रेको विकासको लागि गरेको योगदानले उहाँप्रति झन सम्मान बढ्यो ।’


विकासको मुल नै फटाउन सफल एक विकास प्रेमी युवा नेता रहेको प्रमाणित भए पछि देखि नै के कसरी समय मिलाएर सभापति लामासँग भेटेर पार्टी नै प्रवेश गरी एक परिवारमा रहन रहर लागेको उनीहरुले प्रतिक्रिया दिए । अब नयाँ जोसका साथ काम गर्ने उनीहरुले प्रण गरे ।

पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस काभ्रेका पार्टी सभापति पूर्व मन्त्री एव बागमती प्रदेश सभा सदस्य तीर्थ लामा,  बिशिष्ठ अतिथि नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति एव रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा,  बिशिष्ठ अतिथि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एव तेमाल  गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर लामा, अतिथि नेपाल तरण दल क्षेत्र नं १ प्रदेश सभा (क) का सभापति रामध्वज लामाले धारणा आ–आफ्नो राखेका थिए ।

सो क्रममा पूर्वमन्त्ती तथा सभापति लामाले विकासको काममा आफूबाट कुनै कमी नहुने बताए । उनले भने, ‘विकासबाट जनतालाई निकास दिने मेरो पहिलो कार्य भएको हुनाले बागमती प्रदेश सरकारबाट हुने कुनै पनि कार्य नरोकिने प्रतिवद्धता गर्न चाहन्छु ।’ तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङले वडा १ को जे जस्तो समस्यामा पनि आफू निरन्तर उभिने बताए । 

 

कार्यक्रममा नेपाल तरण दलका जिल्ला सह–सचिव राजेश जिम्बा, नेपाल तरण दल क्षेत्र नं २ का सभापति राजु लामा, युवा नेता शंकरमान लामालगायका नेपाली कांग्रेसका नेताहरुको उपस्थिति रहेको थियो ।


 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२