सशस्त्र प्रहरीद्वारा २ सय ५८ केजी गाँजा बरामद

दर्पण दैनिक १६ फाल्गुन २०७९,१५:०६
post

सुनसरी । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ५ नरकटियास्थित भुटाहा–घुस्की भित्री सडक खण्डबाट फागुन १५ गते सशस्त्र प्रहरीले करीब २ सय ५८ केजी गाँजासहित एउटा गाडी नियन्त्रणमा लिएको छ ।

भुटाहाबाट घुस्कीतर्फ आउँदै गरको बि.आर. १ ए.के. ६१०० नम्बरको स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बसन्तपुरले जाँच गर्दा उल्लेखित परिमाणको गाँजा फेला परेपछि गाँजासहित गाडी नियन्त्रणमा लिइएको हो ।
      
सशस्त्र प्रहरीले सो गाडी रोक्ने वित्तिकै गाडी चालक गाडी छोडेर भागेका थिए । गाडीमा १२ वटा बोराभित्र प्याक गरेर राखेको अवस्थामा उक्त गाँजा फेला परेको हो । बरामद गाँजा तथा गाडी जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: