
पोखरा । जनता समाजवादी पार्टी नेपाल पोखरा महानगरपालिका वडा न ३२ को भेलाले बिश्व घिमिरेलाई अध्यक्ष चयन गरेको छ । कार्यक्रम गढी समुदायीक भवनमा सम्पन्न् भएको हाे ।
भेलाले करण नेपालीको अध्यक्षतामा गढी टोल ईकाई समिति पनि गठन गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि जसपा नेपालको राजनीतिक समिति सदस्य राजन केसीले जसपा नेपाल नेपाल निर्विकल्प राजनीतिक शक्ति भएकोले वडा ३२ का जनताहरुको हरेक सुखदुखमा नेतृत्वदायी भुमिकामा रहने बताए ।
अतिथिहरुमा गण्डकी प्रदेशका उपाध्यक्ष मधुकर न्यौपाने, तमुवान राष्ट्रिय समिति ईन्चार्ज मानबहादुर गुरुङ, जिल्ला अध्यक्ष हर्कबहादुर गुरुङले मन्तब्य राखेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google