काठमाडौं महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध

दर्पण दैनिक २३ मंसिर २०८०,०७:३८
post

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको छ । 

वातावरणीय दिगोपनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महानगरपालिकाले महानगर क्षेत्रभित्र चाडपर्वका लागि प्लास्टिकका फूल तथा प्लास्टिकका रुख प्रयोगमा रोक लगाएको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्य बताए ।


महानगरपालिकाले काठमाडौँभरका सुपरमार्केटमा प्रदर्शनीबाट प्लास्टिकका फूल तथा रुखलाई हटाउने कार्यलाई तीव्रता दिएको आचार्यले बताए । 

तिहारमा प्लास्टिकका फूलमाला बिक्री वितरण गर्न रोक लगाएको महानगरपालिकाले अब प्लास्टिकका बिरुवा तथा रुख पनि प्रयोग गर्न रोक लगाएको छ । यसैगरी प्लास्टिकका रुख, प्लास्टिकका फूल, माला र सजावटका अन्य सामग्री किनबेच नगर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ । रासस

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९