काभ्रे । बर्सात सुरु भएसँगै जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिकामा यातायात सेवा अवरुद्ध भएको थियो । यातायात अवरुद्ध हुँदा स्थानीयको दैनिकी कष्टकर भएको थियो । यसरी बाटोबन्द हुँदा सामाजिक सञ्जालमा स्थानीय सरकार खानीखोला गाउँपालिकाको आलोचनासमेत भएको थियो ।
गाउँपालिकाका अध्यक्ष छिन्ताङ तामाङ र वडा ४ का अध्यक्ष निशान मोक्तानसहितको टिमको निरन्तर सक्रियतामा बस सन्चालनमा आएको छ । तत्काल डाँडागाउँसम्म पुगेकोमा केही दिनभित्र ताल्ढुङ्ग पुग्ने अध्यक्ष छिन्ताङ तामाङले बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google