
काभ्रे । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले स्थानीय तहका जनप्रतिनिधिसँग वार्षिक समीक्षा कार्यक्रम गर्ने भएको छ । यहीं साउन २७ गते शनिबार बनेपा पार्टी भेन्यूमा वार्षिक समीक्षा कार्यक्रम हुने भएको छ ।
‘आन्तरिक विशेष अभियान’ नाम दिइएको सो कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि सहभागी हुने बताइएको छ । कार्यक्रममा तीन गाउँपालिकाका अध्यक्ष, चार उपाध्यक्ष र ६१ जना वडाध्यक्षहरु सहभागी हुने कांग्रेस काभ्रेले जनाएको छ ।
तीर्थ लामा सभापतिमा निर्वाचित भएसँगै काभ्रे कांग्रेसले यस्ता कार्यक्रमलाई तीव्रता दिंदै आएको छ । गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा काभ्रेमा कांग्रेस पहिलो पार्टी बनेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google