खानेपानीको क्षेत्रमा सबै जिल्लाका समस्या सम्बोधन गर्ने मन्त्री लामाको प्रतिबद्धता (भिडियोसहित)

दर्पण दैनिक २१ असार २०८०,१२:११
post

काठमाडौं । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाले खानेपानी समस्याको समाधान गर्न सरकार लागिपर्ने बताएका छन् ।  बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०।८१ को बजेटमाथिको छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री लामाले बजेटमा अपुग केही कुरा सुधार गर्दै लाने बताए । उनले भने, ‘छलफलको क्रममा यहाँहरुले जे जे धारणा राख्नु भयो, प्रश्न गर्नुभयो, सुझाव दिनुभयो । यी सबै कुरालाई मध्यनजर गरेर म अगाडी बढ्ने कोसिस गर्ने छु ।’  

आफूले खानेपानी र सिंचाइ राम्रोसँग बुझेको बताउदै मन्त्री लामाले खानेपानी मन्त्रालयको बजेट पहुँचका आधारमा नछुट्याएको बताए । उनले भने, ‘मन्त्ती तथा मुख्यमन्त्रीको जिल्लामा मात्र बजेटको गएको भन्ने कुरा गलत हो । खानेपानीको बजेट समानुपातिक ढंगले वितरण गरिएको छ ।’ 

मन्त्री लामाले बजेट कार्यान्वयन तथा सबैका माग सम्बोधन गर्नेमा विश्वास दिलाए । उनले भने, ‘सबै माननीय ज्युहरुको भावानालाई समेटेको छु, नसमेटिएको लाई पनि समेटेर लाने छु ।’ आफूले जनताको लागि राजनीति गरेको बताउदै उनले भने, ‘सबै जिल्लाका समस्याहरु सम्बोधन गरिनेछ ।’


 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: