कोसी प्रदेशमा जसपाको सांगठनिक कार्ययोजना सार्वजनिक

दर्पण दैनिक ३० भाद्र २०८०,०७:५२
post

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपाल कोसी प्रदेशस्तरिय विस्तारित बैठकले प्रदेश समितिदेखि पालिका समितिको बैठक र गठन, पुनर्गठनको कार्ययोजना सार्वजनिक गरेको छ । जसअनुसार प्रदेश समिति र प्रदेश अन्तर्गत रहेका पहिचानका चार वटै राष्ट्रिय समितिहरुले आ–आफ्नो समितिहरुको असोज ५ गतेभित्र सम्बन्धित इन्चार्जहरुको सहजीकरणमा बैठक बस्नुपर्ने भनिएको छ । र सोही बैठकबाट प्रदेश समिति र चार वटै राष्ट्रिय समितिहरुको रुपान्तरण रपुनर्गगठन हुने छ । पुनर्गठीत प्रदेश समिति र चार वटै राष्ट्रिय समितिका पदाधिकारी र सदस्यहरुलाई पार्टी सुदृढीकरण तथा विस्तार अभियानका लागि नगरपालिका र गाउपालिकाहरुमा खटाउने निर्णय गरिएको छ ।

कोसी प्रदेशका १४ वटा जिल्ला समन्वय समितिहरुको असोज १० गते भित्र बैठक आयोजना गरि सक्ने र सोही बैठकबाट जिल्ला समन्वय समितिहरुलाई विधानअनुरुप जिल्ला समितिमा रुपान्तरण पुनर्गठन गर्ने निर्णय भएको छ । पुनर्गठीतररुपान्तरित जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई गाउपालिका, नगरपालिकाहरुमा अभियानका लागि खटाउने निर्णय भएको छ ।

त्यस्तै गाउँपालिका समिति र नगरपालिका समितिहरुको असोज २० गते भित्र बैठक आयोजना गर्ने तथा बैठकहरुमा सम्बन्धित गाउँपालिका समिति र नगरपालिका समितिमा खटी जाने केन्द्रीय समितिका सदस्यहरु, केन्द्रीय निकायका सदस्यहरु, प्रदेश समितिका पदाधिकारी र सदस्यहरु, राष्ट्रिय समितिका पदाधिकारी र सदस्यहरु तथा जिल्ला समितिका पदाधिकारी र सदस्यहरुलाई अनिवार्य निमन्त्रणा गर्नुपर्ने छ । सोही बैठकबाट गाउँपालिका तथा नगरपालिका समितिहरुलाई पुनर्गठन गर्नु पर्नेछ ।

गाउँपालिका/नगरपालिकाभित्र सञ्चालन हुने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको बिस्तृत कार्य योजना तयार गरी कार्यान्वयनको कार्ययोजना बनाउने र कार्यान्वयन गर्ने समेत निर्णय भएको छ ।जसपाले उक्त प्रदेशका सबै कामकारबाही प्रदेश नं १ को नामबाट गर्ने गरेको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: