हतुवागढी कावा खोला किनारमा रहेको अद्भुत प्राकृतिक महादेवथान संक्षणमा जुटे स्थानीय र जनप्रतिनिधि

चन्द्रकुमार विश्वकर्मा १ पुष २०८०,१३:०५
post

चन्द्रकुमार विश्वकर्मा

भोजपुर । हतुवागढी गाउँपालिकाको विशेष पहलमा हतुवागढी १ कावा खोलाको किनारमा अवस्थित महादेवथानको पुनर्ताजगी स्वरुप व्यवस्थापन थालिएको छ । गाउँपालिकाले स्थानीयको सहभागितामा पुनः पुजापाठ गर्ने तथा जाग्राम बस्ने कार्यलाई अगाडी बढाएको हो । 

विगत १६ देखि रोकिएको पूजापाठ र भजन किर्तनको कार्य तथा धामीझाक्रीले आफ्नो बिद्या तथा कला प्रदर्शन गर्ने, महिला समुहले संगिनी तथा बालन खेल्ने, यसैगरी आसपासका गाउँ टोलबाट विभिन्न खानाका परिकार तथा पसलहरु ल्याएर भक्तजनहरुलाई सेवा दिने कार्य फेरि सुरु गरिएको हो । सो क्षेत्रमा बालाचतुर्दशी मेला पनि लाग्ने गर्दथ्यो । 
 
यसपटक भने आसपासका भक्तजनहरुको चासो, चिन्ताका कारण हतुवागढी गाउँपालिकाको विशेष पहलकदमी, समन्वय  तथा संयोजनमा यो कार्यको पुनर्ताजगी स्वरुप स्थानीयको सहभागितामा पुनः पुजापाठ गर्ने तथा जाग्राम बस्ने कार्यलाई निरन्तरता दिने कार्यको थालनी गरिएको छ । 

पुरानो मौलिक र सकारात्मक  कार्यलाई निरन्तरता दिएको वडाध्यक्ष कुमार बिष्टले बताए । उनका अनुसार यहीं मङ्सिर २५ गते बालाचतुर्दशी मेला सभ्य र भब्य रुपमा सम्पन्न भएको छ ।

आगामी दिनमा यसलाई समेत मध्य नजर राखेर यो प्रसिद्ध धामको उन्ननयनमा कार्यमा लाग्ने स्थानीय युवाहरुले प्रतिबद्धता जनाएका छन् । 

भौगोलिक हिसाबले पनि निकै दुर्गममा प्रने माहादेवथान मानव निर्मित नभई प्राकृति रुप हो । यस ठाँउमा पुग्ने जो कोहि मानिस आसर्चय मान्ने गर्छन् । यस ठाउँमा गुफा छ, गुफा भित्र विभिन्न प्रजातिका चरा, गाईको थुन, मौरीलगायतका संरचना देख्न सकिन्छ । 

गाउँपालिकाले केही समय अगाडी बजेट विनियोजन गरि बाटोको मोड फराकिलो बनाउने, सोलिङ गर्ने काम सम्पन्न गरेको थियो । महादेवथान नजिकै पार्किङ स्थल समेत निर्माण गरिएको छ ।


गाउँ पालिका अध्यक्ष प्रेमकुमार राई, प्रमुख प्रशासकीय अधिकृत महेश निरौला, हतुवागढी १ का वडाध्यक्ष कुमार बिष्ट तथा सदस्यहरु, इन्जिनियर दिब्यराज अधिकारीले स्थलगत रुपमै सो महादेवथानमा आफ्नो उपस्थिति जनाएका छन् ।  यसले आगामी दिनको लागि योजना निर्माणमा सहजता हुने स्थानीयको विश्वास छ । 


छिमेकी पालिका पौवादुङ्माका अध्यक्ष तथा वडाध्यक्ष र रामप्रसाद गाउँपालिकाका सम्बन्धित वडाका वडाध्यक्षहरु सो क्षेत्रको विकासको लागि समन्वय गरिएको बताइएको छ ।

पौवादुङ्माका युवा सरोज चाम्लिङ राई लगायतको टिम स्थलगत रुपमै सहभागी भएर व्यवस्थापनको जिम्मेवारी सम्हालेका  थिए  । व्यवस्थापनको सम्पूर्ण जिम्मा हतुवागढीका बरिष्ट सबईन्जिनियर जय खड्का र वडाध्यक्ष कुमार बिष्टले सम्हालेका  छ्न् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: