शंकरापुर ४ मा सोनाम ल्होछारको विशेष कार्यक्रम सम्पन्न, उपप्रधानमन्त्री सिंहले भने - विकास निर्माणका विषयमा सबै मिल्नुपर्छ

दर्पण दैनिक २८ माघ २०८१,२०:४८
post

काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले हरेक नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार अघि बढिरहेको बताएका छन् । सोनाम ल्होसारका अवसरमा शंकरापुर नगरपालिका वडा नं ४ मा सोमबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै सिंहले उक्त कुरा बताएका हुन्।

राजनीति स्थिर नभए अर्थतन्त्र चलायमान नहुने र विकास निर्माणको काम पनि हुन नसक्ने आवश्यकता बोध गरेरै नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरू मिलेर सरकार बनेको पनि उहाँले प्रस्ट पारे ।

उनले भने, ‘वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको हो। अर्थतन्त्र चलायमान बनाउन स्थिरता नभइनहुने हाम्रो अनुभवबाटै अनुभूत गरेका छौँ। राजनीतिक स्थायित्वको जगमा हरेक नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार अघि बढिरहेको छ ।’

 

उपप्रधानमन्त्री सिंहले चुनावमा भिन्न दलको फरक एजेन्डा भए पनि परिणाम आइसकेपछि विकास निर्माणका काममा सबै राजनीतिक दल, समुदाय, जनप्रतिनिधि मिल्नुपर्ने बताए । उपप्रधानमन्त्री सिंहले अधिकारको माग गर्नु जनताको अधिकार भन्दै अधिकारसँगै जिम्मेवारीबोध गर्नुपर्नेमा पनि जोड दिए । 

धेरै लामो संघर्ष गरेर समावेशी संविधान प्राप्त भएको भन्दै उनले प्राप्त उपलब्धि सुरक्षित गर्न राजनीतिक स्थिरता हुनुपर्ने बताए । उपप्रधानमन्त्री सिंहले चाडपर्वहरू परम्पराको जगेर्ना गर्न, आपसी सद्भाव बढाउन र खुशी साटासाट गर्न महत्त्वपूर्ण हुने भन्दै ल्होसारको शुभकामना व्यक्त गरे ।

 

कार्यक्रममा पूर्वमन्त्री, नेपाली कांग्रेस काभ्रेका सभापति तथा बागमती प्रदेस सभा सदस्य तीर्थ लामाले ल्होछारले एकताको सन्देश दिने बताए । उनले भने, ‘हाम्रा संस्कृति तथा पर्वहरुको संरक्षण गर्नु जरुरी छ । छरिएर रहेका आम दाजुभाइ दिदी बहिनीहरुलाई एक ठाउँमा ल्याउने वा एकतामा बाध्ने काम काम ल्होछारले गरेको छ ।’  साथै लामाले तामाङ समुदायको बिशेष चाड तथा राष्ट्रिय पर्व मञ्जुश्री सम्बत २८६१ औं डुल (सा पुख्री) ल्हो को  सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गरे । 

 

शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रममा लोकप्रिय तथा ख्यातिप्राप्त कलाकार र स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहेको थियो ।

 

कार्यक्रमका मुल समारोह समितिका संयोजक तथा आयोजक वडा शंकरापुर ४ का वडाध्यक्ष  सुना बहादुर तामाङले सम्पुर्णमा शुभकामना व्यक्त गरे । 

कार्यक्रममा लामा गुरु, झाँक्री, विभिन्न संघ संस्थाका अगुवा तथा प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।
 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०
post

मिथिलामा सुरु भयो छठपर्व

९ कार्तिक २०८२,०८:१०
post

आज सोनाम ल्होसार

६ माघ २०८२,०८:५९
post

२३ सहसचिवको सरुवा

१४ फाल्गुन २०८२,२१:११

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: