काठमाडौं । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस आज बिहान सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
सिन्धुली जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अहिले उद्धार जारी छ। मृतक तथा घाइतेको नाम खुलेको छैन ।
बा २ ख ६५९६ नम्बरको बसर बिहान सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ मा कुहिभिर भन्ने ठाउँमा आज बिहान दुर्घटना भएको हो ।
अहिलेसम्म उक्त बसमा जम्मा २९ यात्रु रहेको बुझिएको प्रहरीले जानकारी दिएको छ । सडकको भित्तामा ठोक्किएर बस दुर्घटनामा परेको हो ।