एनआरएनए अध्यक्षमा महेश श्रेष्ठकाे उम्मेदवारी दर्ता

दर्पण दैनिक २९ आश्विन २०८०,१३:३३
post

काठमाडाैं । भोलिदेखि काठमाडौंमा सुरु हुने गैर आवासीय नेपाली संघ एनआरएनए को ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले आज उम्मेदवारी दर्ता गराएका छन् । सोल्टी होटलमा राखिएको निर्वाचन समितिको कार्यालयमा पुगेर उम्मेदवारी दर्तापछि उनले संघलाई परिवर्तन, रुपान्तरण र एकताबद्ध बनाएर लैजाने बताए ।

श्रेष्ठको प्रस्तावकमा स्वीजरल्याण्डका गुणराज शर्मा र साउदी अरबका दीपक रेग्मी छन् भने समर्थकमा नेदरल्याण्डका मीन पूर्जा र माल्टाका रेमलाल खनाल छन् । एनआरएनए रुपान्तरणका लागि पाँचबुँदे प्रतिबद्धतासहित अध्यक्षको उम्मेदवारी दिएका श्रेष्ठले असन्तुष्ट रहेको शेष घले समूहलाई तीन महिनाभित्र एकताबद्ध गराइछाड्ने प्रतिबद्धता जनाएका छन् ।

एनआरएनएको ११ औँ महाधिवेशनका लागि अध्यक्षमा हालका कार्यकारी अध्यक्ष डा.बद्री केसी र उपाध्यक्ष आरके शर्माले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् । महाधिवेशन असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म काठमाडौंको सोल्टी होटलमा आयोजना हुँदैछ । महाधिवेशन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: