काठमाडाैं । दाङमा ड्युटीमा रहेकी महिला प्रहरीको गोली हानी हत्या गरिएकाे छ । एक प्रहरीले आफ्नै श्रीमती महिला प्रहरीको गोली हानी हत्या गरेका हुन् ।
घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमान उनका श्रीमान यमबहादुर झाक्रीले गोली हानी हत्या गरेकाे बताइएकाे छ ।
यमबहादुर झाक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google