काठमाडौं । देशकै प्रशासनिक केन्द्र सिंहदरबारभित्रकै क्यान्टिनमा दुर्गन्धित खाद्य वस्तु फेला परेको छ । सिंहदरबार परिसरभित्र रहेको केन्द्रीय क्यान्टिनमा खान अयोग्य वस्तु फेला परेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार आकस्मिक अनुगमन गरेको थियो । अवधि सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थको अलवा दुर्गन्धित मासु र तरकारी समेत फेला परेपछि टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरिएको छ।
साथै, उक्त क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृह र यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरितको कसुर गरेको हुँदा तत्काल ३ लाख जरिवाना समेत गरिएको छ।