
काठमाडाैं । तिहारमा काठमाडाैंमा २४सै घण्टा देउसीभैलाे खेल्न पाइने भएकाे छ । प्रहरी र सुरक्षा समितिले तिहारमा देउसीभैलाे खेल्न कुनै सीमित समय निर्धारण नगरेकाे भन्दै काठमाण्डौमा २४सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न पाइने जनाएकाे हाे ।
काठमाडाैं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गरे । उनले कसैले समय तोकेर देउसीभैलाे खेल्न अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गरे ।
'काठमाडाैंमा आफ्नो संस्कृतिअनुसार देउसीभैलो खेल्नका लागि कुनै सीमित समय तोकेका छैनौँ । प्रहरी र सुरक्षा समितिले काठमाण्डौमा २४ सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला रहेको छ । प्रहरी २४सै घण्टा सुरक्षा दिन तयार छ । तर नागरिकहरुले कुनै उश्रृङ्खल क्रियाकलाप नगरि सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक छ' उनले भने ।
उनले सुरक्षा प्रबन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको बताउँदै प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिरहेको बताए । उनले सुरक्षा प्रबन्ध मजबुत बनाउन कुनै कसर बाँकी नराखेको दाबी समेत गरे ।
यसअघि काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा व्यवस्था गरिएको बताउनु भएकाे भियाे । मेयर शाहकाे भनाइप्रति लक्षित गर्दै प्रहरी प्रमुख खत्रीले राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा प्रबन्ध महानगरपालिकाले गरेको भने पनि कानुनको शासन हुने देशमा कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी भएको बताए । उनले नागरिकहरुले कुनै उश्रृङ्खल क्रियाकलाप नगरि सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google