काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३ जना डीआइजीहरुको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले सोमबार डीआइजीहरुलाई काजमा सरुवा गर्ने निर्णय गरेका हुन् ।
डीआइजी विष्णु केसी ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि बागमती प्रदेशमा रिक्त रहेको डीआइजी पदमा कृष्णहरि शर्मा पोखरेललाई सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा किरण राणा र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा भरतबहादुर बोहरालाई काज सरुवा गरिएको छ ।