स्याङ्जाबाट काठमाडौं आइनपुग्दै बेपत्ता भएका कलाकार प्रकाश ढकाल कृष्णभीरमा मृत भेटिए

दर्पण दैनिक ५ मंसिर २०८०,०७:११
post

काठमाडौं । कलाकार प्रकाश ढकाल धादिङको बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित कृष्णभीरमा मृत फेला परेका छन्।
आइतबार साँझ ढकालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

त्रिशूलीमा र्‍याफ्टिङ गर्नेहरूले खोँचमा शव देखेपछि प्रहरीलाई खबर गरेको र सोमबार शव निकालिएको धादिङका एसपी गौतम मिश्रले बताए ।  स्याङ्जाको चापाकोट नगरपालिका ७ घर भएका ढकाल स्याङ्जाबाट गत शुक्रबार काठमाडौँतर्फ लागेका थिए ।

हाल काठमाडौँमा बस्ने गरेका उनी काठमाडौँ आइनपुग्दै बेपत्ता भएपछि खोजीका लागि आफन्तले प्रहरीमा निवेदनसमेत दिएका थिए । उनको शरीरमा चोट देखिएको छ । मोबाइल पनि उनको साथमै फेला परेको र थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ । 

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज ल्याइँदै छ । लोकदोहोरी प्रतिष्ठान शाखा यूएईको पूर्व सहसचिवसमेत रहेका ढकालले डेढ दर्जनभन्दा बढी म्युजिक भिडिओमा अभिनय गरेका छन् ।
 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: