
जिल्ला प्रहरी कार्यालय, बाजुराको आयोजनामा आज (२०८३ साउन २४ गते) एक विशेष सरसफाइ तथा अवैध गाँजा फडानी कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक (DSP) शैलेश्वरी बोहराको नेतृत्वमा खटिएको प्रहरी टोलीले बाजुराको प्रसिद्ध धार्मिक स्थल मार्तडीस्थित बडीमालिका मन्दिर परिसरमा सरसफाइ गर्नुका साथै आसपासका क्षेत्रमा स्वतःस्फूर्त रूपमा उम्रिएका अवैध गाँजाका बोटहरू फडानी गरी नष्ट गरेको छ ।
प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न, शारीरिक तथा मानसिक स्फूर्ति अभिवृद्धि गर्न र नागरिकप्रतिको सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले यो 'नेचर वाक' (Nature Walk) तथा सरसफाइ अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यक्रममा प्रहरी अधिकारी तथा जवानहरूको बाक्लो उपस्थिति रहेको थियो । सामुदायिक सुरक्षा र धार्मिक धरोहरको संरक्षणमा प्रहरीले देखाएको यस सक्रियताको स्थानीयवासीहरूले प्रशंसा गरेका छन् ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)







































































































































































































































































































































.jpg)












































































































































.jpg)

























































































.jpg)




























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google