सूचना आयुक्त र पत्रकार महासंघका पदाधिकरीलाई शेफर्ड कलेजको स्वागत

दर्पण दैनिक १५ पुष २०८१,१५:०८
post

काठमाडौँ । शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीले सूचना आयोगका प्रमुख आयुक्त, आयुक्तहरु, नवगठित सार्वजनिक सेवा प्रशारणका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ । शान्तिनगरस्थित कलेजमा आइतबार आयोजित कार्यक्रममा डिभी एजुकेशन ग्रुपका अध्यक्ष विश्वनाथ शाह तथा शेफर्ड कलेजकी प्रिन्सिपल कविता शर्माले अतिथिहरुलाई स्वागत र मायाको चिनो प्रदान गरे । 

कार्यक्रममा सूचना आयोगका प्रमुख आयुक्त  डा. सुरेश आचार्य तथा आयुक्तद्वय गगन विष्ट र दुर्गा भण्डारी, सार्वजनिक सेवा प्रशारणका अध्यक्ष डा. महेन्द्र विष्ट, नेपाल पत्रकार महासंघकी नवनिर्वाचित सभापति निर्मला शर्मा तथा पदाधिकारीहरु तथा आर्थिक पत्रकार संघकी अध्यक्ष मेनुका कार्कीलाई स्वागत तथा स्वागत गरिएको थियो ।

कार्यक्रममा प्रमुख सूचना आयुक्त सुरेश आचार्यले नेपालमा पत्रकारिता क्षेत्रको विकासका लागि पत्रकारिता अध्यापन गराउने कलेजहरुको भूमिका महत्वपूर्ण हुने बताए । आयोगले पनि यसमा ध्यान दिने उनको भनाइ थियो ।

सार्वजनिक सेवा प्रशारणका अध्यक्ष महेन्द्र विष्टले पत्रकारले सूचनालाई सही समाचारको रुपमा पस्किनुपर्ने बताए । समयसँगै पत्रकारहरु प्रविधिसँग परिचित हुनुपर्नेमा उनले जोड दिए ।

पत्रकार महासंघकी सभापति निर्मला शर्माले सामाजिक सञ्जालमा स-साना क्लिपहरुले जति धेरै सूचनाको पहुँच पुर्याएका छन् अरु छापा वा अनलाइनहरुले त्यतिको पहुँच नपुर्‍याउने धारणा राखिन् । 'पत्रकारिता सिक्दै गरेका जो कोहीको पनि मल्टिमिडियामा राम्रो भविष्य छ र सरकारले यसमा अझ धेरै लगानी बढाउनुपर्छ ।

सामाजिक दक्खल पुग्ने किसिमका गलत प्रचार र सूचनाहरु कसरी निर्मुल बनाउन सकिन्छ भन्ने कुरा अहिलेको चुनौती थपिएको छ। यस किसिमका भ्रम चिर्नको लागि पनि मल्टिमिडिया सबैभन्दा उपयुक्त बन्न सक्छ । पत्रकारिता पढ्दै गरेका विद्यार्थीको यस सेक्टरमा राम्रो भविष्य पनि छ । त्यसैले मल्टिमिडियालाई अलि प्राथमिकता दिनुपर्छ,' उनले भनिन् ।

नाफिज अध्यक्ष मेनुका कार्कीले नेपालमा अबको पत्रकारिताको भविष्य मल्टिमिडियामा रहेको बताइन् । 'मल्टिमिडियालाई पनि सरकारले अलि पारदर्शीताका साथ प्राथमिकता दिनुपर्छ,' उनले भनिन् ।

अतिथिहरुलाई स्वागत गर्दै डिभी एजुकेशन ग्रुपका अध्यक्ष विश्वनाथ शाहले आउने दिनमा महिला पत्रकारको संख्या कसरी बढाउन सकिन्छ भनेर पत्रकारिता पढाउने कलेजहरुले ध्यान दिनुपर्ने धारणा राखे । 'हामीले सञ्चालन गर्दै आएको यस कलेजले पनि यसलाई आत्मसात् गरेको छ । पत्रकारिता सिकाउने कलेज भएकाले ठूला मिडिया हुन् वा साना सरकारले गर्ने व्यवहारमा समान रुप होस् भन्ने चाहेका छौं,' उनले भने ।


शेफर्ड कलेजकी प्रिन्सिपल कविता शर्माले मिडिया अध्ययनका लागि शेफर्ड कलेज उपयुक्त रहेको बताइन् । कलेजले समयसापेक्ष रुपमा कोर्सहरु परिमार्जन गर्दै लैजाने उनले प्रतिवद्धता जनाइन् ।   
 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: