खानीखोलाको ‘नक्कली नोट’ प्रकरण : वडासदस्य पुलामी भन्छन् - नक्कली नोट मैले भित्र्याएको हैन

दर्पण दैनिक ९ पुष २०८०,२०:२१
post

काठमाडौं । खानीखोला गाउँपालिका वडा नम्बर ७ मा मंसिर २४ गते जात्रामा निस्केको ‘नक्कली नोट’ प्रकरणले यतिबेला खैलाबैला मच्चाएको छ । सोहि वडाका वडाअध्यक्ष रामबहादुर मुक्तानले नक्कली नोट भेटिएको भन्दै फेसबुकमा फोटो राखेपछि यसले चर्चा पाएको हो । वडाअध्यक्ष मुक्तानले जात्रामा नक्कली नोट भेटिएको कारण सबैलाई सचेत रहन आग्रह गर्दै सूचना सार्वजनिक गरेका थिए । साे सूचना सार्वजनिक भएसंगै सामाजिक सञ्जालमा कांग्रेसबाट निर्वाचित वडासदस्य सुरेश पुलामी र पूर्व वडाअध्यक्ष क्षेत्रमान घ्याबाको संलग्नता रहेकाे भन्दै आरोप लाग्याे । 

पूर्व वडाअध्यक्ष क्षेत्रमान घ्याबाले आफू कुनै पनि रुपमा याे घटनासँग संलग्न नभएकाे भन्दै आपत्ति जनाए । उनले राजनीतिक प्रतिशोध साँधेर आफूलाई नियोजित रुपमा फसाउन खोजिएको पनि बताए । ‘यो नक्कली नोट प्रकरणमा जुन तरिकाले मेरो नाम जोडेर आएको छ । त्यो एकदमै गलत र भ्रमपूर्ण छ' घ्याबाले भने -‘एमालेका साथीहरुले राजनीतिक प्रतिशोध साँधेर म संलग्न हुँदै नभएको घटनामा नाम जोडेर फसाउन खोजिएको छ । जुन आधार हिन र कपोकल्पित छ ।'


त्यस्तै वडासदस्य सुरेश पुलामीले पनि आफूलाई फसाउन खोजिएको बताए छन् । नक्कली नोट जात्रामै भेटेको तर आफूले नभित्र्याएको उनले बताए । उनले नक्कली नोट २४ गते राति ११ बजे एउटा देखिएको र त्यसपछि अरु नोटहरु भेटिएको प्रस्ट पारे । मकवानपुर, ललितपुर र सिन्धुलीबाट समेत जात्रा हेर्न मानिसहरु आउने भएको कारण नक्कली नोट कसले ल्याएको हो भनि एकिन गर्न नसकेको उनले बताए ।


‘क्षेत्रमान घ्याबालाई नक्कली नोट दिएको छु’ भन्ने अडियो बाहिरिएको छनि भनेर प्रश्न गर्दा उनले भने- ‘गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्ग(छिन्ताङ्ग) ज्युले नक्कली नोट हेर्छु, ल्याइदिनुस भनेपछि म व्यस्त भएकोले कोहि त्यता आउने व्यक्ति पाए भने पठाउछु भनेको थिए । गाउँपालिका जाने बाटो मेरो घर हुँदै भएकोले क्षेत्रमान सर गाउँपालिका तीर जानको लागि आउनुभएको रहेछ । त्यहि भएर मैले गाउँपालिका अध्यक्ष छिन्ताङ्गलाई दिनुस भनेर नक्कली नोट पठाएको थिए । तर छिन्ताङ्ग सरको त्यसैदिन जन्मदिन र गाउँपालिकाको कृषि शाखाद्वारा आयोजित कृषक परिचालन तथा कृषक अभिमुखीकरण एक दिने गोष्ठीको कार्यक्रमले गर्दा व्यस्त भएकोले त्यो नक्कली नोट दिनु भएनछ, मलाई नै ल्याएर फिर्ता दिनुभयो । यसले  पछि आफैलाई अप्नठयारो पार्छ कि भनेर सबै नोट जलाइदिए ।’


यस घटनाको विषयलाई लिएर आफ्नो घरमा प्रहरीले खान तलासी समेत गरेको उनले बताए । ‘एमाले निकटका एक व्यक्तिले सुरेशको घरमा लाइसेन्स नभएको बन्दुक छ, खानतलासी गर्नुपर्यो भनेर प्रहरीलाई खबर गरेपछि मेरो घरमा खान तलासी गरेको रहेछ,’ सुरेशले भने- ‘प्रहरीले मेरो घरभित्र पसेर सबै खोजि गरे तर केहि पनि भेटाएन ।’ प्रहरीले केही नभेटेपछि घरमा केही पनि नरहेको भन्दै प्रहरीले लेखेर एउटा पत्र दिएको उनले बताए ।


वडाअध्यक्ष मुक्तानले सन्तलाल सिङतानबाट व्यवसायी दिपक लुङगेलीलाई नक्कली नोट दिएको भनि किटान गरेको पाइएपछि हामीले व्यवसायी लुङगेलीलाई सम्पर्क गरेर बुझ्दा आफुलाई नक्कली नोट कसले दिएको हो भनि थाहा नभएको बताए । २४ गते बाटै नक्कली नोटको बारे हल्ला फैलिएपनि आफूले भने २५ गते मात्रै थाहा पाएको उनले बताए । ‘नक्कली नोटको हल्ला फैलिएपछी भोलीपल्ट मैले पैसा चेक गरेको थिए ।  त्यो बेला एउटा एक हजारको नक्कली नोट पाए । तर कसले मलाई त्यो दियो थाहा भएन ।  त्यहीं कोहिले भने सन्तलाल सरको नाम लिएको थियो' लुङगेलीले भने ।

यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेका इन्स्पेक्टर दिलिपकुमार थापाले बताए । शंकास्पद केहि व्यक्तिहरुसंग बयान लिने क्रम चलिरहेको तर अहिले कुनै टुंगोमा पुगी नसकेको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: